Economy News

pawan

राजस्व बोर्डको दाहाल र अधिकारी नियुक्त

काठमाडौं । सरकारले नेपाल राजश्व बोर्ड अध्यक्ष र सदस्य सचिव नियुक्त गरेको छ । अध्यक्षमा पूर्वसविच महेश दाहाल र बोर्डको सदस्यमा भने पूर्वसहसचिव निर्मलहरी अधिकारीलाई नियुक्त भएका हुन् ।  राजस्व परामर्श विकास समिति खारेज गर्दै सरकारले राजश्व बोर्ड गठन गरेको छ ।

सोमबार बसेको मन्द्रिपरिषद्को बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रंवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले दाहाल र अधिकारीलाई नियुक्त गरेको जानकारी दिए । 

uploaded at:  19/08/2020

pawan

साउनमा पौने ३५ अर्ब राजस्व

काठमाडौं । आन्तरिक राजस्व विभागले साउनमा पौने ३५ अर्ब राजस्व उठायो । साउनमा विभागले ३४ अर्ब ७४ करोड राजस्व संकलन गरेको विभागका उपमहानिर्देशक मुक्ति पाण्डेले जानकारी दिए ।

विभागले साउनमा १६ अर्ब ८२ करोड आयकर उठाएको छ भने १२ अर्ब ४१ करोड मूल्य अभिवृद्धि कर उठाएको छ । त्यसैगरी  ५ अर्ब ४१ करोड  अन्तःशुल्क उठाएको छ ।

uploaded at:  19/08/2020

pawan

अन्तःशुल्क इजाजतपत्र नवीकरण गर्ने म्याद असोजमसान्तसम्म

काठमाडौं । कोभिड–१९ कारण सरकारले अन्तः शुल्क इजाजतपत्र नवीकरणको म्याद दुई महिना थप गरेको छ । कोभिड–१९ का कारण असहज परिस्थिति उत्पन भएका कारण अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व विभागले सो दुई महिना समय थप गरी असोजसम्म पुर्र्याएको हो । अन्तःशुल्क ऐन २०५८ को दफा ९ को उपदफा ५ बमोजिम अन्तःशुल्क इजाजतपत्र हरेक वर्ष साउन महिनाभित्र नवीकरण गरिसक्नु पर्ने व्यवस्था छ ।

अन्तःशुल्क ऐन २०५८ को व्यवस्थाअनुसार अन्तः शुल्क इजाजतपत्र साउनभित्र गरिसक्नु पर्ने कानुनी व्यवस्था भएपनि यस वर्ष विषम परिस्थिति भएका कारण  नवीकरणको समय असोज मसान्तसम्म थपिएको हो ।

आन्तरिक राजस्व विभागका प्रवक्ता मुक्ति पाण्डे हाल कोभिड–१९ का कारण सिर्जित असहज परिस्थितिमा उक्त अवधि २०७७ असोज मसान्तसम्म थप गरिएको बताए । ‘अन्तःशुल्क लाग्ने वस्तुको थोक तथा खुद्रा कारोबार गर्ने व्यवसायीलाई धेरै समस्या आउने हालको परिस्थितिलाई मध्येनजर गर्दै नवीकरण म्याद थप गरिएको हो, ’ उनले भने ‘ यस्तो इजाजतपत्र नवीकरण गर्नु पर्ने उत्पादनक तथा व्यवसायी एक लाखदेखि सवा लाखको हाराहारीमा छन् । 

अन्तःशुल्क लाग्ने वस्तुको खुद्रा कारोबार गर्नेको संख्या धेरै भएकाले उनीहरूलाई समस्या नपरोस् भनेर सहज अवस्था सिर्जना गर्न यस्तो व्यवस्था गरिएको हो । सरकारले गरेको यो व्यवस्थासहित व्यवसायीले  अबको दुई महिनासम्म कुनै दस्तुर तथा जरिवाना नतिरी इजाजपत्र नवीकरण गर्न सक्नेछन् । यसले अन्तःशुल्क लाग्ने वस्तु उत्पादन गर्दै आएका उद्यमी तथा बिक्री वितरण गर्दै आएका व्यवसायीलाई ढुक्क गराएको छ । अन्तस्शुल्कको इजाजत कर आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयबाट नवीकरण गर्न सकिन्छ ।

uploaded at:  19/08/2020

pawan

लिवर्टी इनर्जीको साधारण शेयर बिक्री शुरु

काठमाडौँ  लमजुङमा आयोजनास्थल रहेको माथिल्लो दोर्दी एक जलविद्युत् आयोजनाको प्रवद्र्धक लिवर्टी इनर्जी कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री शुरु गरेको छ । कम्पनीले सर्वसाधारणका लागि रु ३५ करोड ६४ लाख ९३ हजार बराबरको ३५ लाख ६४ हजार ९३० कित्ता साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीको साधारण शेयर आज भदौ ३ गतेदेखि चाँडोमा भदौ ७ र ढिलोमा भदौ १७ गतेसम्म आवेदन दिनसक्ने व्यवस्था गरिएको छ । कम्पनीको साधारण शेयर बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ ।

 

कम्पनीले प्रतिकित्ता रु १०० दरका शेयरमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिनसक्ने व्यवस्था गरेको छ । हाल कम्पनीको अधिकृत पूँजी रु एक अर्ब ५० करोड र चुक्ता पूँजी रु एक अर्ब १२ करोड ५० लाख छ । साधारण शेयर बिक्रीपछि कम्पनीको चुक्ता पूँजी रु एक अर्ब ५० करोड पुग्नेछ । कम्पनीले हाल २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी एक जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

आगामी तीन महिनाभित्र आयोजनाले विद्युत् उत्पादन थाल्ने कम्पनीका सञ्चालक राम पाण्डेले जानकारी दिनुभयो । आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाइमा विभिन्न नौ वटा बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गरेका छन् । आयोजनाको कूल भौतिक प्रगति ९८ प्रतिशत रहेको छ । सोही कम्पनीले बाग्लुङ जिल्लामा २४ मेगावाट क्षमताको बडिगाड खोला जलविद्युत् आयोजना निर्माण गर्ने तयारी थालेको छ ।

–––

uploaded at:  19/08/2020

pawan

बिगमार्टमा इसेवा तथा फोनपे मार्फत भुक्तानी गर्दा प्रतिशतसम्म छुट

काठमाडौं –  बिगमार्टमा सपिङ गर्दा इसेवा तथा फोनपे नेटवर्कमार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट पाइने भएको छ। डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले बिगमार्ट र इसेवाको सहकार्यमा सुरु भएको यो योजना भदौ ३१ गतेसम्म लागू हुनेछ। यो योजना बिगमार्टका ५० वटै....

uploaded at:  18/08/2020

pawan

दराज र भिसा बीच साझेदारी

काठमाडौँ – नेपालमा अनलाइन कार्ड भुक्तानलाई अगाडि बढाउन नेपालको अग्रणी अनलाइन बजार, दराज, र डिजिटल भुक्तानी टेक्नोलोजीमा विश्व लीडर, भिसा, साझेदारीमा प्रवेश गरेका छन्। २०१८ मा अलिबाबाद्वारा अधिग्रहण भएदेखि, दराजले अलिबाबाको विशाल टेक्नोलोजी र अनुभवको लाभ उठाउदै आफ्नो ग्राहकहरुको लागि....

uploaded at:  18/08/2020

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us