Economy News

test

डिशहोमको दशैंमा डवल धमाका अफर

काठमाडौँ – डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले “डिशहोम मा डिलर दाईको डिस्काउन्ट” नामक अफर संचालन गरिरहेको छ । यसै अफर लाई डिशहोमले वडा दशैंको उपलक्ष्यमा पनि निरन्तरता दिदै २४ महिना रिचार्जमा डबल धमाका अफर ल्याएको छ ।यस अफरमा डिलरदाई मार्फत फन्ड ट्रान्सफरबाट बाषिर्क रिचार्ज गर्दा विक्ली लक्की ड्रमा भाग लिने अवसर प्राप्त हुनेछ भने २ बर्षे रिचार्जमा सातामा डबल मौका प्राप्त हुनेछ । हप्तामा २ जना भाग्यशाली ग्राहकहरुले प्रति व्यक्ति रु एक र एक लाख नगद उपहार यस अफर मार्फत जित्नु हुनेछ । बिजेताको घोषणा डिजिटल प्रणालीबाट ग्राहकहरुको डिशहोम सेट(टप बक्सको क्यास आईडीको आधारमा गरिन्छ । हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको सोकेश च्यानल नम्बर १००, र रमाईलो टिभीमा लक्की ड्र को प्रत्यक्ष प्रशारण हुन्छ ।अनलाइन मार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो अफरमा सहभागी गराईने छ । फन्ड ट्रान्सफरबारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us