Economy News

test

अन्तःशुल्क इजाजतपत्र नवीकरण गर्ने म्याद असोजमसान्तसम्म

काठमाडौं । कोभिड–१९ कारण सरकारले अन्तः शुल्क इजाजतपत्र नवीकरणको म्याद दुई महिना थप गरेको छ । कोभिड–१९ का कारण असहज परिस्थिति उत्पन भएका कारण अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व विभागले सो दुई महिना समय थप गरी असोजसम्म पुर्र्याएको हो । अन्तःशुल्क ऐन २०५८ को दफा ९ को उपदफा ५ बमोजिम अन्तःशुल्क इजाजतपत्र हरेक वर्ष साउन महिनाभित्र नवीकरण गरिसक्नु पर्ने व्यवस्था छ ।

अन्तःशुल्क ऐन २०५८ को व्यवस्थाअनुसार अन्तः शुल्क इजाजतपत्र साउनभित्र गरिसक्नु पर्ने कानुनी व्यवस्था भएपनि यस वर्ष विषम परिस्थिति भएका कारण  नवीकरणको समय असोज मसान्तसम्म थपिएको हो ।

आन्तरिक राजस्व विभागका प्रवक्ता मुक्ति पाण्डे हाल कोभिड–१९ का कारण सिर्जित असहज परिस्थितिमा उक्त अवधि २०७७ असोज मसान्तसम्म थप गरिएको बताए । ‘अन्तःशुल्क लाग्ने वस्तुको थोक तथा खुद्रा कारोबार गर्ने व्यवसायीलाई धेरै समस्या आउने हालको परिस्थितिलाई मध्येनजर गर्दै नवीकरण म्याद थप गरिएको हो, ’ उनले भने ‘ यस्तो इजाजतपत्र नवीकरण गर्नु पर्ने उत्पादनक तथा व्यवसायी एक लाखदेखि सवा लाखको हाराहारीमा छन् । 

अन्तःशुल्क लाग्ने वस्तुको खुद्रा कारोबार गर्नेको संख्या धेरै भएकाले उनीहरूलाई समस्या नपरोस् भनेर सहज अवस्था सिर्जना गर्न यस्तो व्यवस्था गरिएको हो । सरकारले गरेको यो व्यवस्थासहित व्यवसायीले  अबको दुई महिनासम्म कुनै दस्तुर तथा जरिवाना नतिरी इजाजपत्र नवीकरण गर्न सक्नेछन् । यसले अन्तःशुल्क लाग्ने वस्तु उत्पादन गर्दै आएका उद्यमी तथा बिक्री वितरण गर्दै आएका व्यवसायीलाई ढुक्क गराएको छ । अन्तस्शुल्कको इजाजत कर आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयबाट नवीकरण गर्न सकिन्छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us