साउनमा पौने ३५ अर्ब राजस्व
काठमाडौं । आन्तरिक राजस्व विभागले साउनमा पौने ३५ अर्ब राजस्व उठायो । साउनमा विभागले ३४ अर्ब ७४ करोड राजस्व संकलन गरेको विभागका उपमहानिर्देशक मुक्ति पाण्डेले जानकारी दिए ।
विभागले साउनमा १६ अर्ब ८२ करोड आयकर उठाएको छ भने १२ अर्ब ४१ करोड मूल्य अभिवृद्धि कर उठाएको छ । त्यसैगरी ५ अर्ब ४१ करोड अन्तःशुल्क उठाएको छ ।
