Economy News

test

विदेशी उद्योगीले लगे नेपालबाट १२ अर्ब

गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा २०७६/०७७ मा १६ मुलुलकका विदेशी लगानीकर्ताहरुले नेपालको उद्योग क्षेत्रबाट १२ अर्ब ९० करोड ३० लाख रुपैयाँ लाभांश लैजान सफल भएका छन् नेपाल राष्ट्र बैंकका अनुसार नेपालको उद्योग क्षेत्रमा लगानी गरी सबैभन्दा धेरै लाभांश लैजानेमा भारतीय उद्योगी तथा व्यवसायीहरु रहेका छन् भने त्यसपछि क्रमश आइरल्याण्ड, अष्ट्रेलिया, बेलायत, पाकिस्तान, मौरिसस, सिंगापुर, बंगलादेशलगायतका उद्योगी तथा व्यवसायीहरु रहेका छन् भारतीय उद्यागी तथा व्यवसायीले सो समयमा नेपालको उद्योग क्षेत्रबाट आठ अर्ब १४ करोड ७७ लाख, आइरल्याण्डले एक अर्ब ७२ करोड ३० लाख २३ हजार अष्ट्रेलियाका लगानीकर्ताले ८५ करोड दुई लाख, बेलायती लगानीकर्ताले ५८ करोड ८० लाख ७७ हजार, पाकिस्तानका लगानीकर्ताले ३४ करोड ८० लाख ३२ हजार मौरिससका लगानीकर्ताले ३४ करोड ७५ लाख ८२ हजार लाभांश लगेका छन्

त्यसैगरी सोही अवधिमा सिंगापुरका उद्योगी तथा व्यवसायीहरुले २९ करोड ६८ लाख, बंगलादेशका लगानीकर्ताले २१ करोड १७ लाख ६५ हजार, नेदरल्याण्डका लगानीकर्ताले २० करोड दुई लाख ६६ हजार, मलेसियाली लगानीकर्ताले करोड १६ लाख ५७ हजार लाभांश लगेका छन् भने बर्मुडाका उद्योगी तथा व्यवसायीहरुले पाँच करोड ३२ लाख, इटलीले दुई करोड ९४ लाख ५० हजार, श्रीलंकाली लगानीकर्ताले दुई करोड ४७ लाख १२ हजार, केम्यान आइसल्याण्डका लगानीकर्ताले ४६ लाख सात हजार, चीन (हङकङ) काले ९९ लाख ९० हजार अमेरिकाका लगानीकर्ताले ५७ लाख ६४ हजार लाभांश लगेका छन्

बैंकले उद्योग विभाग लगानी बोर्डलगायतका संस्थाहरुबाट आएको एफडीआई रकम लेखाङ्कन गर्ने गरेको हामीले विभागसमक्ष आउने तथा लगानी बोर्डमार्फत आउने अर्बौं रकमबराबरको रकम होस् वा साना, लघु तथा घरेलु उद्योगकै किन नहोस् सबै एफडीआई लेखाङ्कन गर्ने गरेका छौँ’, बैंकका प्रवक्ता डा. गुणाकर भट्टले भने त्यसैगरी गत आवको असारमसान्तसम्म विदेशी लगानीकर्ताहरुले एफडीआईमार्फत नेपालको उद्योग क्षेत्रमा १४ अर्ब ६८ करोड रुपैयाँ ल्याएकोमा राष्ट्र बैंकले ११ अर्ब ४४ करोड १७ लाख स्वीकृत गरेको विदेशी लगानीकर्ताहरुले उक्त रकम कृषिजन्य, बैंक तथा इन्स्योरेन्स, ऊर्जा, सूचना तथा प्रविधि, उत्पादन, सेवा पर्यटन उद्योगमा लगानी गर्ने भन्दै स्वीकृत गराएका हुन्

उनीहरुले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ अनुसार नेपालको उद्योग क्षेत्रमा लागनी गर्न पाउँछन् विदेशी लगानीकर्ताहरुले उद्योग क्षेत्रमा ल्याउने ठूलो लगानी रकम नेपालको उद्योग विभाग लगानी बोर्डमार्फत ल्याउने गरेको पाइन्छ विदेशी लगानीकर्ताहरुले विभागसमक्ष पाँच अर्ब रुपैयाँसम्मको लगानी ल्याउन सक्छन् भने बोर्डमा भने सोभन्दा माथिका रकम ल्याई आयोजना तथा परियोजनामा लगानी गर्न सक्नेछन् उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार नेपालको उद्योग क्षेत्रमा ९० भन्दा बढी मुलुकले लगानी गरेको पाइन्छ

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us