Economy News

test

स्थानीय उद्योग स्थापनामा जोड

रुकुमपश्चिम ।स्थानीयस्तरमाउद्योगको सङ्ख्या र उत्पादन बढाउन रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाले चालू आर्थिक वर्ष २०७७÷७८ लाई उद्योग वर्षका रुपमा स्थापितगर्ने भएको छ । नगरपालिकाले विभिन्न वस्तु उत्पादनकालागिनगरभित्रप्रशस्तउद्योग स्थापनालाई यो वर्ष विशेष जोड दिने भएको हो । 

    स्वीटर, ट्राउजरलगायतका लत्ताकपडामा आत्मनिर्भर बन्ने उद्देश्यले नगरपालिकाले यो वर्ष उद्योग स्थापनालाई जोड दिनलागेको नगर प्रमुखगोर्खबहादुर केसीले बताउनुभयो । त्यस्तै नगरमै निर्माण सामग्रीउत्पादनगर्नकालागिपनिउद्योग स्थापनालाई नीतितथाकार्यक्रममार्फत विशेष जोड दिइएको उहाँको भनाइ छ । 

    नगरवासीलाई आवश्यकपर्ने लत्ताकपडा नगरपालिकामै उत्पादनगर्ने र आवश्यकविभिन्ननिर्माण सामग्रीपनिनगरभित्रै उत्पादन गरेर बाहिरको आयातलाई केहीरुपमाभएपनिकमगर्ने उद्देश्यले यो वर्षलाई उद्योग वर्षका रुपमा स्थापितगर्ने गरी नीति, कार्यक्रम र बजेट निर्माण गरिएको नगरप्रमुख केसीले बताउनुभयो । 

    “कुनउद्योगकालागिकति सहयोग गर्ने भन्ने कार्यविधिभने नीतितथाकार्यक्रमकाआधारमा बनाउँछौँ र त्यसकाआधारमाउद्योग स्थापनाकालागि बजेटको व्यवस्था गर्छौं”, उहाँले भन्नुभयो, “सानादेखि ठूला उद्योग स्थापना गरेर नगरलाई आद्योगीकरणतर्फ मोड्ने हाम्रो लक्ष्य छ ।”

    उद्योग स्थापनाकालागिनगरपालिकाले निव्र्याजी ऋणको समेत व्यवस्थागर्ने भएको छ । स्थानीयवित्तीय संस्थामार्फत उद्यमीलाई ऋणको व्यवस्थागरिदिने र त्यसको व्याजनगरपालिकाले व्यहोर्ने गरी कार्यक्रमबनाइएको नगरप्रमुख केसीले जानकारी दिनुभयो । यसबाट उद्योग स्थापनामालाग्नकालागिउद्यमीलाई प्रेरणा मिल्ने उहाँको विश्वास छ ।

    त्यस्तै नगरपालिकाले निर्यात व्यापारलाई सक्दो सहयोग गर्ने तथाबजार भाउ नियन्त्रण गर्न र गुणस्तरीय उपभोग्य सामग्रीको बिक्रीवितरण हुने व्यवस्थागर्न निरन्तर निगरानी र प्रयास गर्ने भएको छ । नगरपालिकामाउद्योग स्थापना गरी त्यसमा बेरोजगारलाई रोजगारी दिने नगरपालिकाको लक्ष्य छ । रोजगारी पाउननसकेकातथाकोभिड–१९ काकारण बेरोजगार बनेकालाई स्थानीयस्तरमा स्थापनागरिने उद्योगमार्फत रोजगार बनाउने लक्ष्य राखिएको नगरप्रमुख केसीले बताउनुभयो । 

    त्यस्तै नगरपालिकाको वडा नं ९ राडी बजारमानिजी क्षेत्रसँगको सहकार्यमा सपिङ मल सञ्चालनको सम्भाव्यताअध्ययनसमेत नगरपालिकाले यसैवर्ष गर्ने भएको छ । नगरपालिकाले स्थानीयतहमाजनप्रतिनिधिनिर्वाचितभएदेखि नै उद्योग स्थापनालाई जोड दिँदै आइरहेको छ ।

    नगरपालिकाले स्थानीयफलफूललाई प्रशोधन गरी जुस उत्पादनकालागि जुस उद्योग, स्थानीय काठबाट प्लाइउड निर्माणका लागि टिम्बर उद्योग, स्थानीयलसुन, बेसार, अदुवालगायतकामसलाउत्पादनकालागिमसलाउद्योग, गार्मेन्टलगायतका उद्योग सञ्चालनगरिसकेको छ भने केहीउद्योग स्थापनाहुने क्रममा रहेको नगरपालिकाले जनाएको छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us