Economy News

test

उद्योग खुलेः अर्धक्षमता मात्र

काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण सुरक्षित रहन सरकारले घोषणा गरेको लकडाउनले लामो समय बन्द रहेको हेटौँडा औद्योगिक क्षेत्रका उद्योगहरु सञ्चालनमा आएको छन् । औद्योगिक क्षेत्रमा रहेका १११ उद्योगमध्ये सम्पूर्ण उद्योग सञ्चालनमा आएको हेटाँैडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालयले जनाएको छ । लकडाउनका कारण अत्यावश्यक उद्योगमा बिस्कुट, चाउचाउ, बेकरी, खानेपानी, दाना र दुग्ध पदार्थबाहेक अन्य उद्योग बन्द भएको थियो तर अहिले उद्योगहरु सञ्चालनमा आए पनि पूर्ण क्षमतामा सञ्चालनमा नरहेको बताइएको छ ।

अत्यावश्यकबाहेक उत्पादन गर्ने उद्योग बन्द रहेका थिए । अत्यावश्यक खाद्यपदार्थ उद्योग ८० प्रतिशत क्षमतामा र अन्य रासायनिक, निर्माण सामग्री, मेशिनरी र प्लास्टिकलगायत उद्योग ५० प्रतिशत क्षमतामा सञ्चालनमा रहेको सो कार्यालयले जनाएको छ । कच्चापदार्थको कमी, उत्पादनअनुसारको माग र उत्पादन नहुनु तथा जनशक्ति कमीले सञ्चालनमा समस्या रहेको कार्यालयका प्रमुख राजेन्द्र कँडेलले बताउनुभयो ।

साथै उहाँले आर्थिक मन्दी र उत्पादन गरिएका सामान बिक्री नभई गोदाममा थन्किने कारणले उद्योगीहरु तनावमा रहेको स्पष्ट गर्नुभयो । उता उद्योगी एवं व्यवसायीका अनुसार बैंकको ब्याज, कच्चापदार्थको अभाव र महँगीका कारण उद्योग चलाउन समस्या रहेको गुनासो पाइएकोे छ । हेटाँैडा औद्योगिक क्षेत्रका उद्योगहरुमा करीब पाँच हजार मजदुर कार्यरत रहेको तर लकडाउनमा घर गएका धेरै मजदुर नआएकाले पनि उद्योगमा समस्या परेको हो ।

लामो दूरीका सवारीसाधन सञ्चालन हुन नसक्नु पनि एउटा ठूलो समस्या हो । नब्बे प्रतिशत मजदुर हेटाँैडा बाहिरका छन् । औद्योगिक क्षेत्रमा निजी क्षेत्रको रु पाँच अर्ब ५० करोड लगानी रहेको छ भने सरकारी लगानी रु ९० करोड रहेको कार्यालयले जनाएको छ । काष्ठ उद्योगी रामपुकार ठाकुरले बजारमा उपभोक्ताको अभावका साथै खरिदबिक्री पनि कम भएको बताउनुभएको छ ।

हेटौँडा सिमेन्ट उद्योग, शिवम् सिमेन्ट उद्योग र एशियन पेन्ट्स उद्योगलगायत अन्य उद्योगहरु पनि पूर्ण क्षमतामा सञ्चालनमा नरहेको सम्बन्धित उद्योगीको गुनासो पाइएको छ । कोरोना भाइरसबाट सुरक्षित रहन सरकारले तोकेको मापदण्डअनुसार उद्योगहरुले पालना गरिरहेका छन् । यसैबीच हेटाँैडा बजारमा ग्राहकको कमी रहेकाले व्यावसायिक कारोवारमा समस्या रहेको बुधचोकका व्यवसायी हेम मानन्धरले गुनासो गर्नुभयो ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us