Economy News

test

उपत्यकाका अधिकांश बीमा कम्पनी बन्द

काठमाडौं – आज उपत्यकामा अधिकांश बीमा कम्पनीका कार्यालयहरु पनि बन्द भएका छन् । निषेधाज्ञाका क्रममा ट्राफिक प्रहरीले बीमा कम्पनीका कर्मचारीहरुलाई बाटोमै रोकेर दुःख दिएपछि बीमा कम्पनीहरु पनि बन्द भएका हुन् । ‘नजिकै बसोबास भएका कर्मचारीले कार्यालय खोलेका छन्, नत्र त ट्राफिकले सबैलाई बाटोमै रोकेर दुःख दिईरहेको छ, सके खोल्नुस्, नसके घरबाटै काम गर्नुस भनेका छौं’, जीवन बीमक संघका अध्यक्ष तथा सूर्या लाइफका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले कर्पोरेट नेपालसँग भने । उता, निर्जीवन बीमा कम्पनीका सिइओहरुको संगठन नेपाल बीमक सं३का महासचिव तथा सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चङकी क्षेत्रीले पनि अधिकांश बीमा कम्पनीहरु बन्द रहेको बताए । ‘कार्यालय गएका अधिकांश साथीहरुलाई बाटोबाटै फर्काइएको छ, नजिकै भएकाहरुले कार्यालय खोल्नु भएको होला नत्र अधिकांश बन्द छन् ।

संघका महासचिव क्षेत्रीले भने बीमा कम्पनीहरुले अघिल्लो पटक लकडाउन जस्तै आवत जावतमा समस्या आउने सम्भावनालाई हेरेर घरबाटै काम गर्ने व्यवस्था मिलाईएको पनि क्षेत्रीले बताए । ‘पहिले जस्तै समस्या आउला भनेर हामीले घरबाटै काम गर्ने गरि ल्यापटप सहितका उपकरण उपलब्ध गराईसकेका थियौं, जसले सके उनीहरुले कार्यालय खोले, नसक्नेहरु बाटोबाटै फर्केर घरबाट काम गरिरहेका छन् क्षेत्रीले भने । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पनि ट्राफिक प्रहरीहरुले बाटोमा अवरोध गरिरहेको बताए ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us