Economy News

test

ओरालो लाग्दै जलविद्युतको सेयर

काठमाडौं । बैंक तथा केही वित्रीय क्षेत्रको शेयर बजार औसतमा बढेको छ तर अधिकांश जलविद्युत् आयोजनाको शेयर भने ओरालो लागेको छ । जलविद्युत्मा गरिएको लगानीबाट शेयरधनीले प्रतिफल पाउने होइन, पुँजी जोगाउनसमेत मुश्किल पर्ने गरेको छ । अहिले जलविद्युत्मा लगानी गरेका लगानीकर्ताहरु ‘जलविद्युत्मा लगानी, बालुवामा पानी’ भएको भन्दै चिन्तित देखिन्छन् । केही जलविद्युत् आयोजनाहरु भने राम्रै पनि छन् ।

 

जलविद्युत्को आईपीओ भरेर चिठ्ठामा पाएका लगानीकर्ताहरुले अहिले ५० प्रतिशतसम्म सावाँ नै गुमाइसकेका छन् । कतिपयको सेयर मूल्य ५० रुपैयाँसम्म झरेको छ । जलविद्युत्मा लगानी बालुवामा पानी भनेसरह नभएको बताउने गरेका छन् ।

 

पूर्ब बैंकर अनलराज भट्टराई हाइड्रोपावर भनेको लामो अवधिका लागि गरिने लगानीको क्षेत्र भएकाले हाइड्रोपावरमा रिटर्न आउन समय लाग्ने बताउँछन् । केही जलविद्युत् आयोजनाको यसै साता भएको कारोवारको अवस्था तल दिइएको छ ।

 

जलविद्युतको सेयर मूल्यको अवस्था

 

खानीखोला हाइड्रोपावर– रु. ५०

नेशनल हाइड्रोपावर कम्पनी– रु. ५२

दिव्येश्वरी हाइड्रोपावर कम्पनी– रु. ५३

आँखुखोला जलविद्युत– रु. ५३

घलेम्दी हाइड्रो– रु. ५६

युनियन हाइड्रोपावर– रु. ५६

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी– रु. ५६

युनिभर्सल पावर कम्पनी– रु. ७०

पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड– रु. ७६

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी– रु. ८३

माउन्टेन हाइड्रो नेपाल– रु. ८४

बरुण हाइड्रोपावर– रु. ८५

छ्याङ्गदी हाइड्रोपावर– रु. ८६

हिमाल दोलखा– रु. ९०

रैराङ हाइड्रोपावर डेभलपमेन्ट– रु. ९३

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट– रु. ९४

हिमालयन ऊर्जा विकास कम्पनी– रु. ९४

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड– रु. ९८

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड– रु. १०३

कालिका पावर कम्पनी– रु. १०६

अपी पावर कम्पनी– रु. १०८

पााचथर पावर कम्पनी– रु. ११३

अरुण काबेली पावर कम्पनी– रु. ११३

ङादी ग्रुप पावर लिमिटेड– रु. ११५

हाइड्रो इलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट– रु. १२८

नेपाल हाइड्रो डेभलपर्स लिमिटेड– रु. १३०

साञ्जेन जलविद्युत्– रु. १३५

हिमालयन पावर पार्टनर लिमिटेड– रु. १४१

रसुवागढी हाइड्रोपावर– रु. १४४

राधी विद्युत् कम्पनी– रु. १७१

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us