Economy News

test

प्रि-ओपनिङमा ४३ अंकले माथि उक्लिएको सेयर बजार किन घट्यो ?

काठमाडौ ।डा. युवराज खतिवडाको सत्ता बहिर्गमनपछि सेयर बजार उचालिने धेरै लगानीकर्ताहरुको विश्वास थियो । तर, खतिवडाको बहिर्गमनपछि पहिलोपटक आइतबार बजार खुल्दा भने नतिजा त्यस्तो देखिएन । बजारखुल्नासाथै हरियाली छायो । प्रि-ओपनिङमा बजारमा ४३ अंकले माथि उक्लिएको थियो । सबै उपसमूहहरुमा हरियाली छाएको थियो । कारोबार खुेलेको केहिबेरसम्म सबै समूह बढेका मात्रै थिए । तर, विस्तारै विस्तारै बजार तल झर्दै गयो । बन्द हुँदासम्म व्यापार र म्युचुअल फन्डबाहेक सबै उपमूहहरु राताम्मे देखिए ।

नेप्से परिसूचक दोहोरो अंकले घट्यो । १०.४५ अंकले घटेर नेप्से परिसूचक १ हजार ४ सय ९९ दशमलव ९७ अंकमा झरेको छ । सेन्सेटिभ इन्डेक्स पनि २।५४ अंकले ओरालो लागेको छ । दिनभर भएका १९१ कम्पनीको ३४ हजार ८ सय ७३ कारोबारबाट ७० लाख ३८ हजार ९ सय ९० कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब ७८ करोड २३ लाख ७७ हजार ८ सय ८७ रुपैयाँ पुगेको छ ।

उचालिएको बजार किन घढ्यो ?

११ बजेर १२ मिनेट जाँदा बजार ३२ अंक भन्दा धेरैले उकालो लागिसकेको थियो । त्यो देखेर पूर्व बैंकर तथा सेयर बजारका विश्लेषक अनलराज भट्टराईले ट्विट गरे । भट्टराईमात्रै होइन, बजारसँग चासो राख्ने धेरैले आज बजार उकालो लाग्ने अनुमान गरेका थिए । तर, बजार बन्द हुँदासम्म भने फरक नजिता आयो । दोहोरो अंकले घटेपछि बजार आफै छक्क परेको भट्टराई सुनाउँछन् ।

 

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार आफूले पनि ‘आज बजार बढ्छ’ नै भन्ने सोचेको बताउँछन् । प्रि(ओपनिङमा पनि निकै राम्रो बढेको बजार एक्कासी घटेको उनले बताए । अर्थमन्त्री खतिवडाको बहिर्गमनपछि बजार निकै बढ्ने अपेक्षा गरिएपनि फरक नतिजा आएको उनको भनाइ छ ।

तर, खतिवडा गएका कारण भने बजार नघटेको उनको भनाइ छ । केही दिन यता निरन्तर बजार बढिरहेको र लगानीकर्ताहरुले नाफा बुक गरेर सेयर बज्दा आज घटेको उनको भनाइ छ । अर्थमन्त्री नियुक्त भएसँगै नकरात्मक अभिव्यक्ति दिएपनि खतिवडाले पछिल्लो समय अभिव्यक्ति सुधारेको उनले बताए । यद्यपि उनको बहिर्गमन हुँदा बजार घट्नुपर्ने कारण नभएको उनले बताए ।

खतिवडाको बहिर्गमन हुँदा बढ्नुपर्ने भएपनि लगानीकर्ताहरु नाफा ‘बुक ‘ गर्न लाग्दा बजार घटेको उनले बताए । त्यस्तो ठूलो अंकले नघटेको कारण अन्य धेरै ठूलो कारण केही नभएको उनको बुझाइ छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us