सेजको जिम्मेवारी रिज्याललाई
काठमाडौं-सरकारले विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणको जिम्मेवारी उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव बलराम रिज्याललाई दिएको छ। मन्त्रिपरिषद्को मंगलबारको बैठकले प्राधिकरणमा अर्को व्यवस्था नभएसम्मको लागि रिज्याललाई प्रमखको काम गर्ने गरी जिम्मेवारी तोकेको हो।
रिज्याल मन्त्रालयमा औद्योगिक पूर्वाधार तथा वातावरण महाशाखा प्रमुख रहेका छन्। सेजको कार्यकारी निर्देशकका लागि मन्त्रालयले २०७६ असोज ३० गते पहिलो पटक गोरखापत्रमा कार्यकारी निर्देशक पदको लागि आवेदन माग गरेको थियो।
उक्त समयमा पर्याप्त आवेदन नपरेपछि पुनः मंसिर ४ गते सोही पदको लागि आवेदन माग गरेको थियो। उक्त समयमा रघुराज काफ्ले, कुमार दाहाल, योगेन्द्र गौचन, जनार्दन गुरागाई, डा. चण्डिकाप्रसाद भट्ट र प्रदीपकुमार मैनालीले आवेदन दिनेका छन्।
