Economy News

test

माथिल्लो दोर्दी ‘ए’ले भदौ ३ देखि साधारण सेयर निष्कासन गर्ने

लमजुङमा निर्माणाधीन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दीजलविद्युत् आयोजनाले भदौ गतेदेखि सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने भएको आयोजनाले सर्वसाधारणका लागि छुट्याइएको सेयर निष्कासन गरी बाँडफाँड गर्न लागेको आयोजनाका सञ्चालक रामबहादुर पाण्डेले बताए उनका अनुसार आयोजनाले सर्वसाधारणका लागि ३५ करोड ६४ लाख ९३ हजार मूल्यको ३५ लाख ६४ हजार नाै सय ३० कित्ता सेयर निष्कासन गर्न लागेको हो

 

स्थानीयका लागि छुट्याइएको १५ लाख कित्तामध्ये १३ लाख १५ हजार नाै सय ३० कित्ता सेयर बिक्री भएको थिएन बिक्री नभएको सर्वसाधारणका लागि छुट्याइएको २२ लाख ५० हजार कित्ता सेयर वितरण गरिने लिबर्टी इनर्जी कम्पनीका प्रबन्धनिर्देशक डा. आत्माराम घिमिरेले बताए उनका अनुसार आयोजना प्रभावित स्थानीयले खरिद नगरेको सेयरलाई पनि गाभेर सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ कम्पनीको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले प्रतिकित्ता सय रुपैयाँमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म खरिद गर्न पाउनेछन्

 

कम्पनीको सेयर खरिद गर्न छिटोमा भदौ ढिलोमा १७ गतेसम्म आवेदन दिनुपर्नेछ सेयर निष्कासन तथा बाँडफाँडको जिम्मेवारी एनआइबिएल एस क्यापिटलले पाएको कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको सेयर निष्कासन गरिसकेको आयोजना प्रतिमेगावाट १८ करोड ५४ लाख ४३ हजार रुपैयाँ लागतमा सम्पन्न हुँदै ०७१ असोजबाट निर्माण थालिएको आयोजनाले यही चालू आर्थिक वर्षबाट व्यावसायिक विद्युत् उत्पादन थाल्नेछ आयोजना अन्तिम चरणमा पुगेकाले अर्को वर्षदेखि लगानीकर्तालाई लाभांश दिन सुरु गरिने प्रबन्धक घिमिरेले बताए

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us