ग्लोबल आइएमई लघुवित्तको बोनस शेयर सूचीकृत
साउन २२, काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा बिहीवार सूचीकृत भएको छ । उक्त कम्पनीको ३ लाख ८६ हजार ६०१ दशमलव २५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
अव यो शेयर लगानीकर्ताहरुले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले अघिल्लो आवको १७ दशमलव ५० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
