ग्लोबल आइएमई बैंकको काउण्टर दाङको घोराहीमा सञ्चालन
काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबार दाङको घोराहीमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । मालपोत कार्यालय, घोराहीका प्रमुख विनोद कुमार पौडेलले बैंकको ४०औँ एक्सटेन्सन काउण्टरको उद्घाटन गर्नु भएको छ ।बैंकले सेवाग्राहीको बढ्दो चापर बिस्तारित बैंकिङ्ग सेवाको आवश्कता लाई मध्यनजर गर्दैदाङ जिल्लाको घोराही उप–महानगरपालिका वडा नं १५ स्थित भूमीसुधार तथा मालपोत कार्यालय परिसरमा एक्सटेन्सन काउण्टरसञ्चालनमा ल्याएको हो । बैंकले मालपोत कार्यालय अन्तर्गतका सेवाग्राही लगायत अन्य ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्ने प्रयोजनार्थ यस एक्सटेन्सन काउण्टर सुरु गरेको हो ।
