Banking News

test

ग्लोबल आइएमई बैंकद्वारा कल सेन्टरको सुरुवात

काठमाडौ – ग्लोबल आइएमई बैंकले बढ्दो डिजिटल प्रविधिको विकास र व्यस्त जीवन शैलीसँगै ग्राहकहरुको बैंकिङ्ग आवश्यकता लाई सम्बोधन गर्ने उद्देश्यले एक द्वार प्रणाली अनुरुप ग्लोबल कनेक्ट नामक कल सेन्टरको सुरुवात गरेको छ ।ग्लोबल कनेक्टले अहिलेको डिजिटल युगको आवश्यकता अनुसार बैंकका ग्राहकहरुको माग लाई सम्बोधन गर्नेबैंकले जनाएको छ । ग्लोबल कनेक्टमार्फत ग्राहकहरुले सुरुवाती चरणमा बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म फोन गरी आफ्ना विभिन्न जिज्ञाशाहरुको समाधान, गुनासो, सूचना, तथा सुझावका लागी सम्पर्क गर्न सक्नुहुनेछ । ग्राहकहरुले +९७७–१–५९७०६०० मा फोन गरीग्लोबल कनेक्ट मार्फत बैंकको विभिन्न सेवासम्बन्धी जानकारी हासिल गर्न सक्नुहुनेछ । ग्लोबल कनेक्टको सुरुवातले आफ्ना सेवा ग्राहीहरु लाई थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको शाखा सञ्जाल सहित २३४ एटिएम, ४१ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २१८ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फतआफ्ना २० लाख भन्दा बढि ग्राहकहरु माझ सेवाप्रदान गर्दै आइरहेको छ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us