सेल्सबेरी डिपार्टमेन्ट स्टोरमा सेलपेबाट पैसा तिर्दा १५ प्रतिशत छुट
काठमाडौ – नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा.लि. को सेलपे सेवाले सेल्सबेरी डिपार्टमेन्ट स्टोरसँग आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी सेलपे सेल्सबेरी अफर ल्याएको छ । यो अफर कार्तिक ३० गते सम्म लागु हुने कम्पनिले जनाएको छ । यो अफर अन्तर्गत ग्राहकहरुले सेल्सबेरी डिपार्टमेन्ट स्टोरको २३ ओटा आउटलेटमा कुनै पनि सामान खरीद गरी सेलपेबाट स्क्यान एण्ड पे मार्फत भुक्तानी गरे अधिकतम रु ५०० सम्म नगद छुट पाउने छन् ।
सेलपे सेल्सबेरी अफरमा सहभागी भई डिस्काउन्ट पाउनको लागि सेल्सबेरीबाट सामान किन्दा सेलपेलाई भुक्तानी माध्यमको रूपमा छनौट गर्नुहोस् र सेलपे एप्पमा रहेको पे मर्चेन्ट गरी काउन्टरमा रहेको स्क्रीनमा देखाएको क्युआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । यो अफरको लाभ लिनको लागि चाडै नै आफ्नो मोबाईलमा सेलपे एप्प डाउनलोड गरी आफ्नो बैंक खाता लिंक गर्नुहोस् । यो अफर कार्तिक ३० गते सम्म लागु हुनेछ । सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरु यस प्रकार रहेको छ ।
