Economy News

test

सुनको मूल्यमा ह्रास

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य ह्रास आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पहेँलो धातुको मूल्यमा प्रतितोला रु ४०० ले गिरावट आएको छ । महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला रु ९८ हजार ४०० तोकेको छ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ९०० निर्धारण गरिएको छ ।

शुक्रबार स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रतितोला रु ९८ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ३०० कायम थियो । पहेँलो धातुसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । चाँदी प्रतितोला रु २५ ले घटेर एक हजार ३४५ पुगेको महासङ्घले जनाएको छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us