Economy News

test

राष्ट्रिय जनगणनाको १२औँ शृङ्खला पूर्णगणना हुने

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले हरेक १० वर्षमा गर्ने राष्ट्रिय जनगणनाको १२औँ शृङ्खलामा पहिलोपटक पूर्णगणना गरिने भएको छ । यो जनगणना विसं २०७८ जेठ २५ देखि असार ८ गतेसम्म सञ्चालन हुनेछ । यस जनगणनामा सम्पूर्ण घरको प्रयोजनसहितको गणना, प्रविधिको प्रयोग, सामुदायिक प्रश्नावलीको प्रयोग विषयगत प्रतिवेदन र तथ्याङ्कमा सुलभ पहुँच हुने विभागले जनाएको छ ।  विभागका निर्देशक ढुण्डीराज लामिछानेले जनगणना तयारीबारे प्रस्तुतीकरण गर्दै हालसम्म सङ्घ, प्रदेश र स्थानीय तहबाट मस्यौदा प्रश्नावलीमा सुझावहरु सङ्कलन, तहगत समन्वय, सहकार्य र सहयोगसम्बन्धी अध्ययन प्रतिवेदन तथा प्रदेश सरकारको संलग्नतामा प्रदेशस्तरीय अन्तक्र्रिया कार्यक्रम र ७७ जिल्लामा सचेतना तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भइसकेको जानकारी दिनुभयो ।

 

केन्द्रीय तथ्याङ्क विभागले हरेक १० वर्षमा गरिने जनगणना विसं १९६८ देखि सञ्चालन गर्दै आएको छ । गत आर्थिक वर्षदेखि तयारी शुरु गरिएको यस गणनामा नेपालको जनसङ्ख्या तीन करोड पुग्ने अनुमान गरिएको छ । नेपालमा हालसम्म ११ जनगणनाहरु सम्पन्न भइसकेका छन् । पहिलो जनगणना विसं १९६८ चन्द्रशम्सेरका पालामा भएको थियो । पहिलो चार जनगणनाहरू विसं १९६८, १९७७, १९८७ र १९९८ मा व्यक्ति–व्यक्ति गनेर गरिएको थियो । त्यस्तै विसं २००८ मा पाँचौँ गणनाको तयारी हुँदाहुँदै राणाशासनविरुद्धको जनआन्दोलनले गर्दा गणनाको काम बीचैमा रोकिएको थियो । विसं २००९÷११ को गणना (पाँचाँै) अन्तर्राष्ट्रियरूपमा तुलनायोग्य, विसं २०४८ गणनामा पहिलोपटक लैङ्गिक तथा समावेशी गरिएको थियो भने विसं २०५८ मा पहिलोपटक राष्ट्रिय दिवसका रूपमा जनगणना दिवस (असार ८ गते) मनाउन थालिएको हो ।

 

विसं २०६८ मा जनगणनाको १०० वर्ष पूरा, ११आँै जनगणनामा पशुपक्षीको समेत पूर्ण गणना गरिएको थियो भने विसं २०७८ हुने गणना सङ्घीय संरचनामा पहिलो जनगणना हुनेछ । जनगणनाको संस्थागत व्यवस्था हेर्दा सबैभन्दा माथि राष्ट्रिय योजना आयोग, केन्द्रीय तथ्याङ्क विभाग, सामाजिक तथ्याङ्क महाशाखा, जनसङ्ख्या शाखा, प्रदेश जनगणना कार्यालय, जिल्ला जनगणना कार्यालय, स्थानीय जनगणना कार्यालय रहेको छ । यस गणनामा नौ हजार सुपरीवेक्षक र ४३ हजार गणक रहने लामिछानेले बताउनुभयो । विभागले विभिन्न जातजाति, भाषा, धर्म, क्षेत्र, वर्ग, अपाङ्गता, बालबालिका तथा ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलगायत नागरिक समाजका सङ्घसंस्था तथा सरोकारवालासँग छलफल तथा अन्तक्र्रिया कार्यक्रमका साथै नमूना (पाइलट) जनगणना गत असार १५ गते सम्पन्न गरिसकेको छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us