साधना लघुवित्तको शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको २१ लाख ७७ हजार ८०० कित्ता शेयर सूचीकृत भएको हो । नेप्सेले कम्पनीको शेयरलाई पहिलो कारोबारको लागि प्रतिकित्ता रू.१३० र पैसा १३ देखि ३९० र पैसा ३६ मूल्य रेञ्ज तोकेको छ । कम्पनीको शेयर कारोबार बिहीवारदेखि हुनेछ ।
नेप्सेले कम्पनीको शेयरलाई ‘एसडीएलबीएसएल’ कारोबार संकेत दिएको छ । कम्पनीले गत असार २१ गतेदेखि ७ लाख ७ हजार ८०० कित्ता आईपीओ विक्री गरेको थियो जसमध्ये ६ लाख ६१ हजार ५२० कित्ता शेयर सर्वसाधारणलाई विक्री गरेको थियो । उक्त कम्पनीमा संस्थापकतर्फ रू. १४ करोड ७० लाख र सर्वसाधारणतर्फ रू. ७ करोड ७ लाख ८० हजार शेयर पूँजी रहेको छ । दुवै तर्फको शेयर कम्पनीले सूचीकृत गराएको हो ।
