सुन तोलाको ९९ हजार ८ सय
काठमाडौं – सुनको भाउ आज तोलाको ९९ हजार ८ सय रुपैयाँ तोकिएको छ । आज तोलामा २ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९९ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।हिजो स्थिर रहेको सुनको भाउ आज भने तोलामा दुई सय रुपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ता आकर्षित भएसँगै नेपालमा पनि भाउ महँगो हुँदै गएको हो । आज चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी आज पनि तोलाको १२ सय ३० रुपैयाँमा नै कारोबार भइरहेको छ ।
