Economy News

test

पुग्यो सिलिचोङमा विद्युत्

खाँदबारी ।अरुणपारिको गाउँपालिकाभनेर चिनिने सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामाविद्युत्को केन्द्रीय प्रसारण लाइनपुगेको छ ।तीनवर्षअघिदेखि प्रसारणको काम शुरु गरीयही साउन १ बाट सिलिचोङ –५ याफुमाविद्युत् प्रयोग गर्न शुरु गरिएको हो ।

विद्युत् प्राधिकरणको आर्थिक लगानी र स्थानीयनागरिकको श्रमदानबाट विद्युत् पु¥याइएको हो । वडा नं ५ याफुमापहिलो चरण ६४ घरपरिवारमाविद्युत् बालिएको छ ।याफुको वडा कार्यालयलगायतकाचार सरकारी कार्यालय र अन्य ६० घरपरिवारमाविद्युत् बालिएको वडा नं ५ काअध्यक्ष ईश्वर कुलुङले जानकारी दिनुभयो ।वडा नं ५ का ३३६ परिवारलाई लक्षित गरी विद्युत् विस्तार गरिएको छ ।

विद्युत् विस्तारको ठेक्कालिएको ठेकेदारले समयमाकामगर्न नसकेकाकारण अन्य घरमाविद्युत् बाल्न ढिलो भएको उहाँले जानकारी दिनुभयो ।बाँकी घरमापनिविद्युत् पु¥याउन ठेकेदारलाई द्रुतगतिमाकामगर्न लगाइएको र आगामीदशैँसम्ममाविद्युत् बालीसक्ने योजना रहेको जनाइएको छ ।

याफुमाविद्युत् बाल्नकालागि सम्पूर्ण सामग्रीचिचिलागाउँपालिकाको खेवाटारबाट बोकेर लगिएको थियो ।श्रमदानले सामानयाफुगाउँ पु¥याउनतीनवर्षमाकरिब एक हजार ५०० दिनश्रमदानमा खट्नुपरेको स्थानीययुवा बुद्धिमान कुलुङले जानकारी दिनुभयो । खेवाटारबाट ट्रान्सफर्मर, विद्युत् पोल र तारलगायतका सम्पूर्ण सामानकरिब नौ किलोमिटरको दूरीमायाफु पु¥याइएको उहाँले बताउनुभयो ।उहाँकाअनुसार हाइटेन्सनको लाइन १३४, शाखा प्रसारण लाइनको पोल १५३, ट्रान्सफर्मर एक र तार १२ बण्डल श्रमदानले बोकेरै पु¥याइएको थियो ।

सिलिचोङ गाउँपालिका वडा नं ४ मांतेवामापनिविद्युत् विस्तारको कामभइरहेको छ ।यहाँपनिपोल,तार तथा ट्रान्सफर्मरलगायतका सामान ढुवानी गर्ने कामभइरहेको वडाध्यक्ष देवेन्द्र बान्तावाले जानकारी दिनुभयो । वडा नं ४ मापनिदशैँभित्रमा केन्द्रीय प्रसारण लाइनबाट विद्युत् बालीसक्ने योजना रहेको छ । वडा नं ४ र ५ माचिचिलागाउँपालिकाको नामा गाउँबाट केन्द्रीय प्रसारण लाइनसिलिचोङ भित्र्याइएको हो ।

विद्युत्को केन्द्रीय प्रसारण लाइननपुगेका सङ्खुवासभाको दुई स्थानीयतहहरूमध्ये सिलिचोङमा केन्द्रीय प्रसारण लाइनपुगेको हो ।अबगाउँपालिकाभरि नै केन्द्रीय प्रसारण लाइनको विद्युत् बाल्ने चरणबद्ध योजना रहेको प्राधिकरण खाँदबारी वितरण केन्द्रले जनाएको छ ।यस वर्ष वडा नं ४ र ५ माविद्युत् बालिएको र आगामीवर्षदेखि वडा नं ३, २ र १ मापनिविद्युत् विस्तार गर्दै लैजाने प्राधिकरणको योजना छ ।अहिले सिलिचोङको ४ र ५ वडाबाहेककाअन्य वडामा स्थानीयखोलाबाट सानो क्षमताको लघुजलविद्युत् उत्पादन गरेर उपभोग गरिँदै आएको छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us