Economy News

test

लगानीकोषको ५० हजार कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । लाइफइन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर सोमवार ( आज)  देखि लिलामीमा आएको छ ।

कोषको ५० हजार कित्ता संस्थापक शेयर साउन १९ गतेसम्म लिलामीमा विक्री खुला भएको हो । उक्त शेयर खरीद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले प्रतिकित्ता रू. १ हजार ८०० मा नघट्ने गरी गोप्य शिल बन्दी बोल पत्र पेश गर्नुपर्ने छ ।

शेयर खरीदका लागि न्यूनतम १०० कित्ता वा सो भन्दा माथि १० ले भाग जाने गरि अधिकतम सम्पूर्ण कित्ता का लागि आवेदन दिन सकिने छ ।

बोलपत्र आवेदन फारम विक्री प्रबन्धक नेपाल एस बि आईमर्चेण्ट बैंकिङ्ग लिमिटेड हात्तिसार, काठमाडौं र लाइफइन्स्योरेन्स कर्पोरेशन नेपालको केन्द्रीय कार्यालय पुतली सडक, काठमाडौंमा प्राप्त गर्न र बुझाउन सकिने छ ।

साथै आवेदन फारम नेपाल एसबि आई बैंक लिमिटेडको शाखा कार्यालयहरु विराटनगर , बिर्तामोड , वीरगञ्ज , जनकपुर , हेटौंडा , नारायणगढ , पोखरा , बाग्लुङ , बुटवल , दाङ , नेपालगञ्ज , सुर्खेत , धनगढी र महेन्द्रनगरमा पनि आवेदन प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था गरिएको छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us