Economy News

test

महिला सशक्तीकरणमा प्रविधि र ऊर्जाको भूमिकामा जोड

काठमाडौँ । नवीनतम् प्रविधि र ऊर्जाको पहुँचले महिलाको समयमा वचत, कायमको गुणस्तरियता र सहजता हुने भएकाले महिला सशक्तीकरणमा प्रविधि र ऊर्जाको भूमिका महत्वपूर्ण हुने आज यहाँ आयोजित बेविनार कार्यक्रममा जोड दिइयो । हरित समावेशी ऊर्जा र महिलाको आर्थिक सशक्तीकरण कार्यक्रमको आयोजनामा भएको सो कार्यक्रममा वक्ताहरुले वित्त, सूचना र प्रविधिमा महिलाको सहज पहुँच अभिवृद्धि नभएसम्म मुलुकको समग्र विकास प्रक्रियाले पूर्णता पाउन नसक्ने बताउनुभयो । 
कार्यक्रममा मानुषी नामक संस्थाकी संयोजक विद्या ब्रजाचार्यले गरिबी, आर्थिक स्रोतमा पहुँचको अभाव र श्रमको असमान वर्गीकरणले गर्दा महिलाको वित्तीय समावेशीता हुन नसकेकाले आर्थिक विकास र गरिवी निवारणका प्रयासहरु सफल हुन नसकेको बताउनुभयो । उहाँले मानुषीले महिलालाई हस्तकला, व्यवसाय र वित्तीय व्यवस्थापन, लघुकर्जाबाट विपन्न, पिछडिएका महिलाको सशक्तीकरण र व्यापार मेलाहरुमार्फत उनीहरुका उत्पादनहरुलाई बजारीकरणमा सहयोग गर्दै आएको उल्लेअ गर्नुभयो । 
ग्रामीण प्रविधि केन्द्रका आश्मा पाख्रिन र पाक्टिकल एक्सनका मन्जरी श्रेष्ठले महिलालाई घरायसी प्रयोजन, सामुदायिक क्षेत्र, सूचना सञ्चार प्रविधिका क्षेत्र र व्यावसायिक क्षेत्रमा ऊर्जा र प्रविधिको पहुँच बढाउन सकेमा मात्र उनीहरुको सशक्तीकरण हुनसक्ने बताउनुभयो । हरित समावेशी ऊर्जा र महिलाको आर्थिक सशक्तीकरण कार्यक्रमको सहयोगमा दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, कार्भे, ललितपुर, धादिङ र चितवन जिल्लामा सञ्चालन गरिएका विभिन्न क्रियाकलापहरुबाट महिलाहरुको जीवनस्तरमा आएको परिवर्तनका बारेमा उहाँहरुले प्रकाश पार्नुभयो । 
हरित तथा समावेशी नेपाल कार्यक्रमका प्रवन्धक ऊर्जाविद् इन्दिरा शाक्यले जबसम्म महिला आर्थिकरुपमा सशक्त हुँदैनन् तबसम्म उनीहरुको सशक्तीकरण हुन नसक्ने भएकाले विकासका हरेक निर्णय प्रक्रियामा महिलाको सहभागिता बढाउन, आर्थिक स्रोतमा पहुँच राख्न र ऊर्जा एवं प्रविधिको उपयोगमा सक्षम तुल्याउन कार्यक्रमले जोड दिएको बताउनुभयो । 
सो अवसरमा ग्रामीण प्रविधि केन्द्रका कार्यकारी निर्देशक गणेशराम श्रेष्ठ र वरिष्ठ निर्देशक डा पुरुषोत्तम श्रेष्ठले ग्रामीण क्षेत्र विपन्न तथा पछाडि पारिएका महिलाको विकासमा ऊर्जा र प्रविधिको पहुँच अभिवृद्धि गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको र आगामी दिनमा पनि यसलाई अझ विस्तार गर्दै लगिने बताउनुभयो । कार्यक्रममा ऊर्जा र वित्तीय क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले महिलालाई विकासको मूलधारमा ल्याउन तीनै तहका सरकार, गैरसरकारी संघसंस्थाले गर्नुपर्ने कार्यहरुका बारेमा सुझावहरु प्रस्तुत गर्नुभएको थियो । 
 

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us