नेपाली श्रमिक पुर्याउने कम्पनीलाई अन्तर्राष्ट्रिय उडान अनुमति दिइने
काठमाडौं ।सरकारले श्रम गन्तव्य मुलुकबाट नेपाली कामदारलाई ल्याउनका लागि अन्तर्राष्ट्रिय उडान थप्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले कोरोनाबाट रोजगारी गुमाएका नेपालीलाई स्वदेश आउन सहज होस् भनेर त्यस्तो निर्णय लिएको एक मन्त्रीले जानकारी दिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली कामदारलाई काठमाडौं पुर्याउन चाहने कम्पनीलाई उडानको अनुमति दिने पनि निर्णय गरेको छ ।
वैदेशिक रोजगारीमा गएर कोरोनाका कारण समस्यामा परेका श्रमिकलाई घर फर्किनका लागि सरकारले अन्तर्राष्ट्रिय उडानको संख्या न्यून राखेको भन्दै विभिन्न देशका राजदूतले असन्तुष्टि व्यक्त गरेका थिए । उनीहरूले संसदीय समितिको बैठकमा आक्रोश व्यक्त गरेका थिए ।
