Economy News

test

रिलायन्स लाइफको आईपीओ बाँडफाँड, साढे २० हजारको हात खाली

काठमाडौं – रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भएको छ। इन्स्योरेन्सले भदौ ४ गतेदेखि निष्काशन गरेको कम्पनीको आईपीओ आज शुक्रबार बिक्री प्रबन्धकको कार्यालय सानिमा क्यापिटलमा बाँडफाँड भएको हो।

बिक्री प्रबन्ध सानिमा क्यापिटलका अनुसार कम्पनीको आईपीओमा अनुसार २० हजार ५०९ जनाले आइपीओ नपाउने भएका छन्। कम्पनीको आईपीओमा ५ लाख ८९ हजार ४६४ जनाबाट आबेदन परेका छन्। त्यस मध्ये एक हजार ९५५ वटा आवेदनहरु रद्द भएका छन् भने ५ लाख ८७ हजार ५०९ वटा योग्य आवेदन परेका छन् ।

कम्पनीले कुल ६३ करोड रुपैंया बराबरको ६३ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो । त्यस मध्ये सामुहिक लगानी कोषहरुका लागि ३ लाख १५ हजार कित्ता र कर्मचारीहरुका लागि पनि ३ लाख १५ हजार कित्ता शेयर छुट्याएर बाँकी रहेको ५६ लाख ७० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार योग्य आबेदकलाई न्युनतम १० कित्ताका दरले बितरण गर्दा ५ लाख ६७ हजार जनाले मात्रै कम्पनीको शेयर पाउका हुन् । बाँकी २० हजार ५०९ जनाको भने खालि हात भए ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us