Economy News

test

चीनले निर्माण गरेको कोरोना खोपको मूल्य तोकियो

एजेन्सी – विश्वभर फैलिएको कोरोना महामारीविरुद्ध खोप निर्माण गर्ने कार्य जारी रहेको छ । चीन, रुस र बेलायत जस्ता विभिन्न देशहरुले निर्माण गरेका खोप परीक्षण गर्ने क्रममा रहेका छन् । केही समय अघि एक चिनियाँ कम्पनिका प्रमुखले कोभि १९ को खोप नोभेम्बरसम्म बजारमा आइसक्ने सम्भावना रहेको बताएका  थिए ।

सिनोफार्मले निर्माण गरेको सो खोप डिसेम्बरसम्ममा बजारमा ल्याउने सम्भावना रहेको छ । जसको मूल्य १४० डलर नेपाली झन्डै १५,००० रुपैयाँ तोकिएको छ । चिनियाँ सरकारले खोपमा भइरहेको प्रगतिबारे बेला बेलामा जानकारी दिइरहेको छ । पहिलोपटक चीनमा देखिएको कोरोना भाइरस हाल विश्वभर फैलिएको हो । चीनले भने भाइरस फैलिएको कैही सातामै नियन्त्रणमा लिएको थियो ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us