सुनको मूल्य नाघ्यो १ लाख
काठमाडौ – सुनको मूल्य फेरि एक लाख नाघेको छ । मंगलबार सुनको मूल्य एक लाख ४ सय पुगेको हो । सोमबार तोलामा ९८ हजार २ सयमा कारोबार भएको सुन आज दुई हजार २ सय रुपैयाँले बढेको हो ।त्यस्तै आज चाँदीको मूल्य तोलाको १३ सय ८० रुपैयाँ पुगेको छ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ९१ अमेरिकी डलर पुगेको छ ।
