Economy News

test

खुकुरी रमले जित्यो लण्डनमा स्वर्ण पदक

काठमाडौ – नेपाल डिष्टिलरीज् प्रा.लि. द्वारा उत्पादित ख्याति प्राप्त नेपाली रम खुकुरी थ्री एक्सले अन्तर्राष्ट्रिय प्रतियोगितामा अन्तर्गत रम समूहमा ९४ अंक हासिल गर्दै स्वर्ण पदक जित्न सफल भएको छ ।यस भन्दा अघि खुकुरी रमले अन्तर्राष्ट्रिय रम उत्सवमा जितेको पुरस्कार सँगै अन्तर्राष्ट्रिय स्तरमा प्राप्त गरेको यो एक अर्को पुरस्कार हो ।जुलाई ६ तारिखमा लण्डनमा भएको लण्डन स्पिरिट्स प्रतियोगितामा नेपाल डिष्टिलरीज् प्रा.लि. खुकुरी थ्री एक्स रमको लागि स्वर्ण पदकद्वारा पुरस्कृत भएको हो ।प्रतियोगिता अन्तर्गतका ३ विधाहरु गुणस्तर, गुणवत्ता र प्याकेजिङ्गका दृष्टिकोणमा मदिरा उद्योगका ख्यातिप्राप्त दक्ष निर्णायकहरुले अन्य उच्चतहको प्रतिस्पर्धी रमहरुको दाँजोमा यो नेपाली रमलाई १ सय मध्ये कूल ९४ सर्वोत्कृष्ट अंक प्रदान गरेर खुकुरी रम विश्वव्यापी रुपमा मान्यता प्राप्त रम भएको छाप लगाइदिएका छन् ।

“नेपाल डिष्टिलरीज्ले सन् १९५९ देखि नै आफ्नो सम्पदालाई कडा गुणवत्ता नीतिहरुका साथ बहन गर्दै आएको छ, र अहिले यो तेस्रो पुस्तामा आइपुगेको छ । यो मजबुत जगले हामीलाई अन्तर्राष्ट्रिय बजारमा परिचित गराउन अग्रसर गराएको छ । हामी नेपालमा बनेको वास्तविक नेपाली ब्राण्डको रुपमा यो पुरस्कार ग्रहण गर्न पाउँदा अत्यन्त गौरव महसुस गरेका छौं,” नेपाल डिस्टिलरीज्का कार्यकारी प्रमुख कृष्ण कुमार चुरिवालाले भने ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us