Economy News

test

सामसुङले सार्वजनिक गर्‍यो ग्यालेक्सी नोट २०

काठमाडौं- दक्षिण कोरियाली कम्पनी सामसुङले एकसाथ आफ्ना पाँचवटा नयाँ प्रडक्ट सार्वजनिक गरेको छ ।सामसुङले आ भर्चुअल पत्रकार सम्मेलनमार्फत्  ग्यालेक्सी नोट सिरिजको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । त्यस्तै ग्यालेक्सी ट्याब्स एस सेभेन, ग्यालेक्सी जेड फोल्ड टू, ग्यालेक्सी वाच थ्री र नयाँ वायरलेस इयरफोन पनि सार्वजनिक गरिएको हो ।नोट टू सिरिज अन्तर्गत सामसुङले ग्यालेक्सी नोट २० र ग्यालेक्सी नोट २० अल्ट्रा गरी दुईवटा मोडेलका फाइभ जी फोन सार्वजनिक गरेको छ । ग्यालेक्सी नोट २० को सुरुवाती मूल्य ९९९ डलर तोकिएको छ भने नोट ट्वान्टी अल्ट्राको सुरुवाती मूल्य १२९९ डलर तोकिएको छ ।

नोट २० सिरिजमा परिस्कृत एस पेन हुनेछ र त्यसले स्क्रिनमा लेख्दा साँच्चीकै कलमको कागजमा लेखेको भान हुने दाबी सामसुङको छ ।

ग्यालेक्सी नोट २० मा ६.७ इन्चको स्क्रिन हुनेछ भने अल्ट्रा भर्सनको स्क्रिन ६।९ इन्च हुनेछ । दुबै फोनको पछाडिको भागमा तीनवटा क्यामरा हुनेछन् भने एउटा सेल्फी क्यामरा रहनेछ ।

नयाँ फोल्डेबल फोन

उक्त समारोहमा सामसुङले सार्वजनिक गरेको आफ्नो आसन्न फोल्डेबल स्मार्टफोन उसको तेश्रो फोल्डेबल फोन हुनेछ । सामसुङको आगामी फोल्डेबल फोनको नाम ग्यालेक्सी जेड फोल्ड टू हुनेछ । त्यसमा ६।२ इन्चको फ्रेन्च स्क्रिन हुनेछ जसलाई बाहिर खोल्दा ७।६ इन्चको फ्लक्सिबल डिस्प्ले देखा पर्नेछ ।

सामसुङले गत वर्ष आफ्नो पहिलो फोल्डेबल फोन, ग्यालेक्सी फोल्ड ल्याएको थियो । त्यस्तै सन् २०२० को सुरुवातमा उसले दोश्रो फोल्डेबल फोनको रुपमा ग्यालेक्सी जेड फ्लिप ल्याएको थियो ।

दुई नयाँ ट्याब्लेट

सामसुङले एस सेभेन सिरिजका दुई नयाँ ट्याब्लेट सार्वजनिक गरेको छ । ती दुई नयाँ ट्याबलेट ट्याब एस सेभेन र एस सेभेन प्लसले फाइभ जी सपोर्ट गर्ने बताइएको छ । ट्याब सेभेनको सुरुवाती मूल्य ८ सय ४९ डलर र एस सेभेन प्लसको सुरुवाती मूल्य १०४९ डलर रहेको छ ।

नयाँ स्मार्टघडी र एयरफोन

सामसुङले ल्याएको नयाँ स्मार्टवाच ग्यालेक्सी वाच थ्रीको मूल्य ३ सय ९९ डलर र ग्यालेक्सी बड्स लाइभ एयरफोनको मूल्य १ सय ६९ डलर तोकिएको छ ।

अगष्ट २१ देखि बजारमा

समाचार अनुसार सामसुङले सार्वजनिक गरेका नयाँ ग्याजेटहरु मध्ये फोल्डेबल स्मार्टफोन बाहेकका ग्याजेटहरुको यहीँ बुधबार देखि प्रिअर्डर खुल्ला हुने र आगामी अगष्ट २१ देखि बजारमा उपलब्ध हुने बताइएको छ ।

एजेन्सी

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us