Economy News

test

मादमेखोला जलविद्युत्को जुट्यो वित्तीय व्यवस्थापन

काठमाडौँ कास्कीमा आयोजनास्थल रहेको मादमेखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको कूल २४ मेगावाट क्षमताको सो आयोजनामा एनएमबी बैंकको अगुवाइमा अन्य तीन संस्थाले संयुक्त लगानी गर्ने भएका छन्

                मादमे खोला हाइड्रोपावर प्रालिका अध्यक्ष सुसन कर्माचार्यका अनुसार आज एनएमबी बैंकसँग लगानीसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो नेपालको ऊर्जा क्षेत्रमा लगानी गरिरहेको अग्रणी बैंक एनएमबीले सो आयोजनामा रु एक अर्ब ५० करोड लगानी गर्ने भएको आयोजनाको कूल लागत रु चार अर्ब ४८ करोड रहेको

                वित्तीय लगानीसम्बन्धी द्विपक्षीय सम्झौतामा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसी कम्पनीका तर्फबाट अध्यक्ष कर्माचार्यले हस्ताक्षर गर्नुभयो आयोजनामा ७५ प्रतिशत ऋण २५ प्रतिशत स्वपूँजी रहनेछ आयोजनामा कर्मचारी सञ्चय कोष, प्रभु बैंक एनआइसी एशिया बैंकले समान रुपमा रु ५०÷५० करोड लगानी गर्नेछन् बाँकी रहने लगानी भने प्रवद्र्धक कम्पनीले लगानी गर्नेछ

प्रवद्र्धक कम्पनीका अनुसार आगामी तीन वर्षभित्र आयोजनाले विद्युत् उतपादन गर्नेछ उत्पादित विद्युत् १९ किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको मादी सवस्टेशनमा जोडिनेछ

–––

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us