Economy News

test

प्रभु क्यापिटलको तीनवर्षे निःशुल्क डिम्याट योजना

काठमाडौं पुँजी बजारमा मर्चेन्ट बैंकरका रूपमा कार्यरत प्रभु क्यापिटल लिमिटेडले साउन महिनाभरि डिम्याट खाता खोल्ने ग्राहकका लागि तीनवर्षे निःशुल्क डिम्याट खाता योजना सञ्चालन गरेको प्रभु क्यापिटलसँग जोडौँ नाता, पाऊँ तीन वर्षसम्म निःशुल्क डिम्याट खाताभन्ने नाराका साथ कम्पनीले योजना ल्याएको हो योजनाअन्तर्गतको निःशुल्क डिम्याट खाता सुविधा प्रभु क्यापिटल लिमिटेडको कार्यालय, कमलादी तथा प्रभु बैंक लिमिटेडको नेपालभरि रहेका सय १० शाखाबाट लिन सकिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको

 

लगानीकर्तालाई खाता खोल्ने प्रक्रियालाई छिटो, छरितो कम झन्झटिलो बनाउने अभिप्रायले यस क्यापिटलले अनलाइनबाटै डिम्याट तथा मेरो सेयर खाता खोल्न सकिने सुविधासमेत सञ्चालन गरेको जनाइएको

यसका साथै क्यापिटलले ग्राहकलाई डिम्याट खाताका सम्बन्धमा रहेका जिज्ञासा तथा समस्याको सहजीकरण तथा निराकरण गर्ने उद्देश्यले भाइबर तथा फेसबुक पेजमार्फत ग्राहकलाई परेका विभिन्न समस्याहरू समाधानका लागि सुझाब दिने व्यवस्था मिलाएको जनाएको डिम्याट खातासम्बन्धी जानकारी, नवीकरणसम्बन्धी जानकारी, पासवर्ड रिसेटसम्बन्धी जानकारी, खाता ब्लकअनब्लकसम्बन्धी जानकारी तथा आवश्यक सेवाहरू प्रदान गर्ने व्यवस्था मिलाएको कम्पनीले जनाएको

 

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us