Economy News

test

मनकामना केवलकारका कर्मचारीले लकडाउन अवधिको पनि पुरै तलव पाउने

काठमाडौँ – मनकामना दर्शन प्रालिले आफ्ना कर्मचारीलाई पुरै तलव दिने भएको छ । कोरोना पछिको लकडाउनका कारण चार महिनादेखि बन्द रहेको मनकामना केबलकारले आफ्ना कर्मचारीलाई लकडाउन अवधिको पनि पूरै तलब दिने भएको हो । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रलगायत ८ वटा मजदूर संगठनबीच लकडाउन अवधिमा श्रमिकलाई ५० प्रतिशत तलब मात्र दिने सम्झौता भएको थियो । रोजगारदाता र टे«ेड युनियनबीच लकडाउन अबधिको ५० प्रतिशत तलव लिनेदिने सहमति भएपनि मकामना केवलकारले भने कर्मचारीलाई शतप्रतिशत तलव दिने निर्णय गरेको कम्पनीको संचालक राजेशबाबु श्रेष्ठले जानकारी दिए ।

यता सरकारले पनि असारको अन्तिम सातादेखि देशमा पूर्ण रुपमा लकडाउन हटिसकेको घोषणा गरेको छ । कोरोना पछि उत्पन्न भएको विषम परिस्थिती र कर्मचारीको दैनिक जीविकोपार्जनलाई मध्यनजर गर्दै कम्पनीले आफ्ना कर्मचारीलाई शतप्रतिशत तलब दिने निर्णय गरेको श्रेष्ठले जानकारी दिए । ‘हाल कम्पनीले आफ्ना कर्मचारीलाई चैतको ५० प्रतिशत तथा बैशाख, जेठ र असारको ४० प्रतिशतका दरले तलव दिएको छ,’ उनले भने, ‘बाँकी तलब पनि कर्मचारीलाई दिने गरी गत आर्थिक बर्षको हिसावमा लेखांकङ गरिसकेका छौं, कम्पनीले सामान्य अवस्थामा आएपछि पुनः हिसाबमिलान गर्नेगरी असार महिनासम्मकै शतप्रतिशत तलब दिने निर्णय गरिएको छ । श्रेष्ठका अनुसार हाल कम्पनीमा १५० जना कर्मचारी छन् । लामो समयदेखि कम्पनीमा कार्यरत कर्मचारीलाई कोरोनाका कारण देखाएर तलब कटौती हुन्न भन्ने मानवीय नाताले पनि पुरै तलब दिने निर्णय गरिएको श्रेष्ठले जानकारी दिए ।

हाल कोरोनाका कारण बन्द अवस्थामा रहेको केवलकार कोरोना नियन्त्रण भएपछि वा अवस्था सामान्य भएसँगै आउँदो कात्तिक–मंसिरदेखि संचालनमा ल्याइने उनको भनाई थियो । तर केवलकार संचालनमा ल्याउँदा सुरुवाती दिनमा मानव स्वास्थ्यलाई मध्यनजर गर्दै क्षमताको ५० प्रतिशत यात्रुलाई सेवा दिने योजना कम्पनीको रहेको छ । कम्पनीका अनुसार पुनः केवरकार संचालनका लागि स्यानिटाइजेसन, ह्याण्ड वास, डिसइन्फेक्सन मेसिन, शरीरको तापक्रम मापन, मास्क, फेस सिल्ड र फ्रन्ट लाइन वर्करलाई पीपीई लगायतको स्वास्थ्य सुरक्षाको प्रबन्ध गरिसकिएको छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us