पेट्रोलको मूल्य प्रति लिटर २ रुपियाँ बढ्यो, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत
काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलको मूल्यमा वृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु दुईले वृद्धि गरेको हो। अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ ।निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पछिल्लो पटक इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य केही बढेर आएकाले मूल्यमा केही वृद्धि गरिएको हो । तर, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने समायोजन गरिएको छैन ।
