राजश्व संकलनको लागि आजदेखि ३ दिनसम्म बैंकका सबै शाखा खुल्ला
काठमाडौं । आज मंगलबार देखि ३ अर्थात् बिहीबारसम्म बैंक तथा वित्तीय संस्था रहने भएको छ । सोमबार बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सोमबार एक परिपत्र जारी बैंकहरुलाई राजश्व संकलनका लागि ३ दिन राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खुल्ला राख्न निर्देशन दिएको थियो ।
सरकारले भदौ २५ भित्र कर राजश्व तिरिसक्न करदाताहरुलाई निर्देशन दिएको छ । त्यसैले राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खुल्ला राख्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।
