नेपाल इन्स्योरेन्सले लाभांश दिने, सगरमाथा इन्स्योरेन्सले लाभांश नदिने
नेपाल इन्स्योरेन्सले अहिले आफ्ना सेयरधनीलाई २.९८ प्रतिशतले लाभांश वितरण गर्न थालेको छ । त्यस्तै, चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर पनि वितरण सुरु गरेको छ । ५ असारमा बसेको साधारणसभामा लाभांश र बोनस प्रस्ताव पारित भएको थियो । सेयरधनीहरूलाई लाभांश बैंक खातामा नै पठाइएको इन्स्योरेन्सले जनाएको छ ।
इन्स्योरेन्सले लाभांश र बोनस प्राप्त नगरेका सेयरधनीहरूलाई सेयर प्रमाणपत्र अभौतिकीकरण गर्न भनेको छ ।इन्स्योरेन्सले सार्वजनिक सूचना नै निकालेर सेयर प्रमाणपत्र अभौतिकीकरण नगरेका सेयरधनीहरूले डिम्याट खाता रहेको सम्बन्धित ब्रोकरमा अभौतिकीकरण गरी बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको हो । अहिले कम्पनीको चुक्ता पुुँजी १ अर्ब १५ करोड ३ लाख १३ हजार रुपैयाँ छ ।
त्यस्तै सगरमाथा इन्स्योरेन्सले आर्थिक वर्ष २०७५-०७६ मा लगानीकर्तालाई लाभांश नदिने जनाएको छ । इन्स्योरेन्सको जेठ २२ गते सञ्चालक समितिको बैंकले आर्थि वर्ष २०७५-०७६ मा कुनै पनि लाभांश दिन नसक्ने जनाएको हो । इन्स्योरेन्सले एनएफआरएस प्रणाली अनुसार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको वितरणयोग्य नाफा ऋणात्मक भएपछि लाभांश दिन नसकिने संञ्चालक समितिले निर्णय गरेको हो ।
