Economy News

test

होम-डिलिभरी तथा ई-कमर्स व्यवसाय निर्वाद सञ्चालन गर्न दिन परिसंघ युवा उद्यमीको माग

काठमाडौं-
सरकारले हालै ई-कमर्स व्यवसाय संचालन तथा त्यस अन्तरगत होम-डिलिभरीको व्यवस्थामा रोक लगाएको खवर प्रति नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बन्दाबन्दि तथा हालको निषेधाज्ञामा समेत यस्ताव्यवसायहरुले आम मानीसहरुको दैनिक आवश्यकताका सामान लगायत खाद्यान्न सामाग्री घर घरमा पुर्या०ई आम उपभोक्तालाई आफ्नो घरमै बस्न हौसला दिई रहेका छन् । विषम समयमा यस्ता व्यवसायहरुले स्थानीय बजारमा उपभोक्ताहरूको आवागमन न्यून गरिरहेको सरकारले ध्यान दिएन । कोभिड १९ को चुनौतिसंगै आर्थिक गतिविधि ठप्प रहेको यस्तो परिस्थितिमा वजारको वितरण प्रणालीलाई केहि भए पनि निरन्तरता दिई रहेका यस्ता व्यवसायलाई आवश्यक स्वास्थ्य सुरक्षा अवलम्बन गरि तत्काल संचालन गर्न दिईनु पर्ने हाम्रो माग छ, प्रेस विज्ञप्तिमा भनिएको छ ।
अनलाईन प्रविधि मार्फत काम गरि घरमा सामान पुर्याआउने यस्ता व्यवसायहरुले आफ्नो वितरण प्रणालीलाई अत्यन्त सुरक्षित राखेका छन् । वितरण गर्ने क्रममा समेत सबै सावधानी अपनाईएका छन्, कर्मचारीहरूलाई पीपीई सूटको व्यवस्था गरिएको छ, डिलिभरी गर्ने भ्यानहरूलाई समेत प्रत्यक पटक स्यानीटाईज गरिन्छ । कारोवार सकेसम्म नगद रहित नै गर्ने प्रयास गरिरहेका छौं, नेपालको प्रमुख स्थानीय ई(कमर्स कम्पनी सस्तो डिलका संस्थापक अमुन थापाले भने । हामीले हाल वितरण गरिरहेको करिव ५० प्रतिशत सामान सरकारी सहुलियतको हो, उनले थपे । स्मरण रहोस, सस्तो डिलले नेपाल सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेटको सामान निशुल्क वितरण गर्दै आएको छ ।
त्यसतै नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष च्याग अग्रवालले यो कठिन समयमा सरकार तथा निजी क्षेत्रले सहकार्य गरि अगाडि बढुनु पर्नेमा जोड दिएका छन् । महामारीको समयमा सरकारको प्राथमिकता निस्सन्देह नागरिकको स्वास्थ्यमा रहन्छ । त्यसैले नागरिकलाई सुरक्षित राख्न ई-कमर्स कम्पनीहरूले खेल्न सक्ने भुमिकालाई सरकारले सहयोग गर्नु आवश्यक छ । 

विश्वव्यापी रूपमै यस्ता ई-कमर्स कम्पनीहरूले कोभिड-१९ ले श्रृजित कठिन समयमा समेत ग्राहकहरूलाई घरको ढोकामै आवश्यक सामानहरु उपलब्ध गराई सकारात्मक प्रभाव पारेका प्रसस्त उदाहरणहरु छन् । यसले गर्दा ग्राहकहरु आ-आफ्नो घरमै सुरक्षित रहिरहन सम्भव हुन्छ, उनले जोड दिए ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us