Economy News

test

लिवर्टी ईनर्जीको आईपीओ बाँडफाँट

काठमाडौं । लिवर्टी ईनर्जीले आयोजना प्रभावित लमजुङ जिल्लाका स्थानियलाई आईपीओ बाँडफाँट गरेको छ । 
कम्पनीले आयोजना प्रभावित स्थानियका लागि साउन ७ गतेदेखि साउन २१ गतेसम्म १५ लाख कित्ता आईपीओ विक्री खुला गरि साउन २४ गते बाँडफाँट गरेको हो । 
यस अघि फागुन २७ गतेदेखि विक्री खुला गर्ने भनिएको यो आईपीओ कोरोना संक्रमणका कारण स्थगित भएको थियो । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । यस कम्पनीले लमजुङ जिल्लामा २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 
यस आयोजनाको निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट लागत रू। १८ करोड ५४ लाख ४३ हजार ८३७ रहेको छ । आयोजनाको कुल अनुमानित लागत रू। ४ अर्ब ६३ करोड ६० लाख ९५ हजार ९२१ रहेको छ । 

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us