प्रुडेन्सियल इन्स्योरेन्सको नाफा साढे ६ % कम
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३२ प्रतिशत कम बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष सो अवधिमा रू. १ अर्ब ४ करोड ५३ लाख ३१ हजार कुल बीमाशुल्क आर्जन गरेको उक्त कम्पनीले गत वर्ष भने रू. ७० करोड ७७ लाख ३२ हजार बीमाशुल्क आर्जन गरेको हो ।
अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको नाफा पनि ६ दशमलव ५० प्रतिशत कम भएको छ । अघिल्लो वर्ष सो अवधिमा रू. १५ करोड ४१ लाख ५९ हजार खुद नाफा गरेको कम्पनीरूो गत वर्ष यो नाफा रू. १४ करोड ४१ लाख ४१ हजार रहेको छ । गत वर्ष कम्पनीको आम्दानी रकम रू. २५ करोड ७५ लाख ६९ हजार छ । अघिल्लो वर्ष यो रकम रू. २५ करोड ५८ लाख ५९ हजार थियो । कम्पनीले६० प्रतिशत हकप्रद विक्री गरी चुक्तापूँजी तोके बमोजिम कायम गरेको छ । कम्पनीले रू. १ अर्ब २ करोड ९ लाख ६९ हजार चुक्तापूँजी कायम गरेको हो ।
कम्पनीको जगेडा कोष रकम अघिल्लो वर्षभन्दा ३३ प्रतिशत बढी अर्थात् रू. २५ करोड २० लाख ८० हजार र बीमाकोष १५ प्रतिशत बढी अर्थात् रू. ५३ करोड ८२ लाख ४९ हजार पुगेको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. १३ दशमलव ८७ र प्रतिशेयर नेटवर्थ रू. १८२ दशमलव २० रहेको छ ।
