Banking News

test

रेमिट्यान्समा ०.५ प्रतिशतले कमी, एकबर्षमा ८ खर्ब ७५ अर्ब भित्रियो

काठमाडौं-
विप्रेषण आप्रवाहमा  आर्थिक वर्ष २०७६-७७ मा ०.५ प्रतिशतले कमी आई रु ८७५ अर्ब ३ करोड कायम भएको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३।३ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७।८ प्रतिशतले बढेको थियो । आर्थिक वर्ष २०७६-७७ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण० लिने नेपालीको संख्या २०.५ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्ष यस्तो संख्या ३२.६ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा ३४।७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ५।४ प्रतिशतले बढेको थियो । आर्थिक वर्ष २०७६-७७ मा खुद ट्रान्सफर आयमा १।३ प्रतिशतले कमी आई ९८२ अर्ब २२ करोड कायम भएको
छ । अघिल्लो वर्ष यस्तो आय १५ प्रतिशतले बढेको थियो।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us