निषेधाज्ञा खुकुलो भएसंगै टुटल र पठाओको सेवा सुरु
काठमाडौं – निषेधाज्ञा खुकुलो भएसंगै टुटल र पठाओले पनि सेवा सुरु गरेको छ । राईड सेयर सेवा टुटल र पठाओले सरकारले जोर विजोरको आधारमा निजी मोटरसाइकललाई चल्न पाउन अनुमति दिएपछि सेवा सुरु गर्न लागेको हो । स्वास्थ्य प्रोटोकललाई ध्यानमा राखेर सेवा दिने पठाओ दिन लागेको हो ।
लामो समयदेखि राइडरहरु बेरोजगार भएकोले उनीहरुबाट कुनै प्रकारको कमिसन नलिइने कम्पनीले जनाएको छ । त्यस्तै आजैबाट पठाओको ट्याक्सी र मोटरसाइकल दुवैको सेवा सुरु भएको छ । तर, पठाओमा सीमित राइडरले मात्र राइड सेयरको अनुमति पाउने छन्।
