ग्यालेक्सी एस २० प्लस र एस २० खरिदमा क्यास ब्याक अफर
काठमाडौं – कन्ज्युमर इलेक्ट्रोनिक्स एवं स्मार्टफोन ब्राण्डले नयाँ अफर ल्याएको छ। यस अफरअन्तर्गत ग्राहकले ग्यालेक्सी एस २० प्लसको खरिद गर्दा तत्काल २२ हजार क्यास ब्याक प्राप्त गर्ने छन् भने ग्यालेक्सी एस २० मा १९ हजारको क्यास ब्याक प्राप्त गर्ने छन्।
नेपाली बजारमा ग्यालेक्सी एस २० प्लसको मूल्य १ लाख ४ हजार ९ सय ९९ रुपैयाँ रहेको छ। ग्यालेक्सी एस २० को मूल्य ९४ हजार ९ सय ९९ रुपैयाँ छ।यसअघि ग्यालेक्सी एस २० प्लसको खरिद मूल्य १ लाख २६ हजार ९ सय ९९ रुपैयाँ रहेको थियो। ग्यालेक्सी एस २० को मूल्य भने १ लाख १३ हजार ९ सय ९९ रुपैयाँ थियो। यो योजना १ अगस्ट २०२० देखि सीमित अवधिको लागि मात्र लागू हुने कम्पनीले जनाएको छ।
यी फोनमा ६४ मेगापिक्सलको क्यामरा, उच्चस्तरीय फोटो खिच्नका लागि सेन्सर राखिएको छ। दुवै फोनमा ३० एक्ससम्मको जुम रहेको छ।
