Banking News

test

निषेधाज्ञामा यसरी सञ्चालन हुँदै छन बैंक तथा वित्तीय संस्था

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निषेधाज्ञा अवधिभर सीमित कर्मचारीबाट आलोपालो प्रणालीमा सेवा प्रवाह गर्न निर्देशन दिएको छ । निषेधाज्ञा अवधिभर न्यूनतम बैंकिङ सेवा दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । सरकारले बुधबार रातिदेखि भदौ १० गतेसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गरेको हो । निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई विशेष पास नचाहिने समेत सरकारले स्पष्ट पारेको छ ।अब बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीले कार्यालयले उपलब्ध गराएको फोटोसहितको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन् । राष्ट्र बैंकले सरकारले निषेधाज्ञा गरेको समयमा बैंक तथा वित्तीय संस्थाले कसरी काम गर्ने भन्ने बारेमा सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । राष्ट्र बैंकले सूचना जारी गर्दै यो अवधिमा स्वास्थ्यको मापदण्ड पुरा गरेर काम गर्न भनेको छ । कोरोनाको असर बढ्दै गएको भन्दै विद्युतीय माध्यमबाट हुने कारोबारको सुनिश्चितता प्रदान गरी आफ्नो ग्राहकलाई सम्भव भएसँगै विद्युतीय माध्यमबाट कारोबार गर्न भनेको हो । यस्तै एटीएम मेसिनमा पर्याप्त नगद राख्ने र त्यसको निगरानी गर्न पनि भनेको छ ।

कोरोनाको संक्रमण बढदै गएको भन्दै अत्यावश्यक वस्तुको आपुर्ति सुनिश्चित गर्न ड्राफ्ट, टिटी, प्रतीतपत्र, ग्यारेन्टी जस्ता कारोबार सञ्चालन हुने व्यवस्था मिलाउन पनि भनेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था खुल्ने शाखाहरुको विवरण तथा सम्पर्क व्यक्तिको फोन नम्बर आफ्नो वेवसाइटमा अद्यावधिक गर्नु र बन्द रहने शाखाको मूल ढोकामा सर्वसाधारणले देख्ने गरी खुल्ने वैकल्पिक शाखाको विवरण टाँस्न निर्देशन दिएको छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us