लक्ष्मी बैंकको २ नयाँ काउण्टर विस्तार
काठमाडौँ – लक्ष्मी बैंकले आफ्नो शाखा संजालविस्तार गर्ने क्रममाआफ्नो छैटौं र सातौँ एक्स्टेन्सन काउण्टर दोलखा जिल्लामा स्थापना गरेको छ । छैटौं एक्स्टेन्सन काउण्टर दोलखा जिल्लाको तामाकोशी गाँउपालिका वडा न ३, जाफेमा स्थापना भएको हो भने सातौँ एक्स्टेन्सन काउण्टर कालिञ्चोक गाँउपालिका वडा न ८, सुनखानीमा रहेको छ ।यी २ नयाँ एक्स्टेन्सन काउण्टरका स्थापनाको साथै लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२१ शाखा, ७एक्स्टेन्सन काउण्टर, ४ हस्पिटल सेवा काउन्टर, १५१ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्टतथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।
