Economy News

test

नेपाली बजारमा रहेका सस्तो मुल्यका राम्रा कार

काठमाडौं-
निजी कारको चाहना अहिलेको समयमा कसको पो नहोला र रु राम्रो जागीर र राम्रो घर पछिको मान्छेको चाहना भनेकै आफ्नो एउटा कार हुनु हो । केहि वर्ष अघि सम्म मात्र पनि कारलाई विलासीताको साधन मान्ने गरिएको भएता पनि अहिलेको व्यस्त जीवनमा यो एउटा आवश्यकता बन्न पुगिसकेको छ ।

हाम्रो देशमा एउटा कार किन्नका लागि ठुलै रकम खर्चिनु पर्ने भएकोले पनि यस्तो चाहना पुरा गर्न धेरैलाई हम्मेहम्मे नै पर्दछ । तर यो कुरा पनि सत्य हो कि यहाँ राम्रा विशेषता भएका कम मूल्य पर्ने कारहरु पनि उपलब्ध छन्, जसको वारेमा धेरैलाई जानकारी नहुन पनि सक्छ । आज हामी नेपाली बजारमा हाल उपलब्ध भइरहेका ३० लाख रुपैयाँ मूनिका चर्चित कारहरुका वारेमा चर्चा गर्न गइरहेका छौं जसले तपाईंको निजी कार चढ्ने सपनालाई साकार पार्नमा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

१९९ सीसी इञ्जिन दिइएको टियागोले ८४ बीएचपीको पावर र ११४ एनएमको टर्क उत्पादन गर्दछ भने २३।८४ केएमपीएलको माइलेज पनि प्रदान गर्दछ । यस कारको ग्राउण्ड क्लियरेन्स १६५ मिलिमिटरको रहेको छ भने फ्युल ट्याङ्क क्यापासिटी चाहिँ ३५ लिटरको रहेको छ । टियागोको अगाडिका दुई चक्कामा डिस्क ब्रेक जडान गरिएका छन् भने पछाडि चाहिँ ड्रम ब्रेक जडान गरिएका छन् । टाटाले यस कारमा हाइट एडजस्टेवल ड्राइभर सिट, एयरब्याग्स्, टर्न–बाई–टर्न नेभिगेशन एप, कुल्ड ग्लोभ बक्स, मल्टि–ड्राइभ मोड, रियर पार्किङ्ग सेन्सर्स, एबीएस, ईबीडी, स्मोक्ड लेन्स लगायतका विशेषताहरु समावेश गरेको छ । टाटाको नेपालका लागि आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा।लि।ले टियागोको सुरुवाती मूल्य २४ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री वितरण गर्दै आइरहेको छ ।

हुण्डाई स्यान्ट्रो

०८६ सीसीको इञ्जिन दिइएको स्यान्ट्रोले ६९ बीएचपीको पावर र ९९ एनएमको टर्क उत्पादन गर्दछ भने २०।३० केएमपीएलको माइलेज पनि प्रदान गर्दछ । यस कारको ग्राउण्ड क्लियरेन्स १६५ मिलिमिटरको रहेको छ भने फ्युल ट्याङ्क क्यापासिटी चाहिँ ३५ लिटरको छ । स्यान्ट्रोको अगाडिका दुई चक्कामा डिस्क ब्रेक जडान गरिएको छ भने पछाडि चाहिँ ड्रम ब्रेक जडान गरिएको छ । हुण्डाईले एबीएस, ईबीडी, इञ्जिन इमोबिलाइजर, चाइल्ड सेफ्टी लक, पावर डोर लक जस्ता विशेषताहरु यस कारमा समावेश गरेको छ । हुण्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा।लि।ले स्यान्ट्रोको सुरुवाती मूल्य २२ लाख ९६ हजार रुपैयाँ तोकेर बिक्री वितरण गर्दै आइरहेको छ ।

मारुती सुजुकी अल्टो

अल्टोमा ७९६ सीसीको इञ्जिन समावेस गरिएको छ जसले ४७ बीएचपीको पावर र ६९ एनएमको टर्क उत्पादन गर्दछ । ३५ लिटरको फ्युल ट्याङ्क क्यापासिटी रहेको अल्टोले २४।७० केएमपीएलको माइलेज प्रदान गर्दछ । त्यसैगरी १६० मिलिमिटरको ग्राउण्ड क्लियरेन्स रहेको यस कारको अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडिको चक्काहरुमा ड्रम ब्रेक जडान गरिएको छ । फिचरहरुका रुपमा यस कारमा एयरब्याग्स, एबीएस सिस्टम, ईबीडी सिस्टम, इञ्जिन इमोबिलाइजर, रियर पार्किङ्ग सेन्सर लगायत समावेश छन् । मारुती सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटोकर्प प्रा।लि।ले अल्टोको सुरुवाती मूल्य १८ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

रेनो क्विड

रेनोको नेपालका लागि आधिकारीक बिक्रेता एड्भान्स्ड अटोमोवाइल्स प्रा।लि।ले क्विडलाई सुरुवाती मूल्य २३ लाख ९० हजार रुपैयाँ तोकेर बिक्री वितरण गर्दै आइरहेको छ । यस कारको इञ्जिन क्षमता ७९९ सीसीको रहेको छ भने यसले ५३ बीएचपीको पावर र ७२ एनएमको टर्क उत्पादन गर्दछ । क्विडले २५।१७ केएमपीएलको माइलेज प्रदान गर्दछ भने यसको फ्युल ट्याङ्क क्यापासिटी चाहिँ २८ लिटरको रहेको छ । त्यसैगरी १८४ मिलिमिटरको ग्राउण्ड क्लियरेन्स रहेको यस कारको अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडिका चक्काहरुमा ड्रम ब्रेक जडान गरिएको छ । क्विडमा विशेषताहरुको रुपमा रिमोट किलेश इन्ट्री, डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, एबीएस, ईबीडी, एयरब्याग्स, चाइल्ड सेफ्टी लक, स्पीड अलर्ट लगायत रहेका छन् ।

भक्सवागन पोलो

भक्सवागनको नेपालका लागि आधिकारीक बिक्रेता पूजा इन्टरनेशनल नेपाल प्रा।लि।ले पोलोलाई सुरुवाती मूल्य २९ लाख ४५ हजार रुपैयाँ तोकेर बिक्री वितरण गर्दै आइरहेको छ । यस कारको इञ्जिन क्षमता ९९९ सीसीको रहेको छ भने यसले ७५ बीएचपीको पावर र ९५ एनएमको टर्क उत्पादन गर्दछ । पोलोले १८।७८ केएमपीएलको माइलेज प्रदान गर्दछ भने यसको फ्युल ट्याङ्क क्यापासिटी चाहिँ ४५ लिटरको रहेको छ । त्यसैगरी, १६५ मिलिमिटरको ग्राउण्ड क्लियरेन्स रहेको यस कारको अगाडिका चक्काहरुमा डिस्क ब्रेक र पछाडिका चक्काहरुमा ड्रम ब्रेक जडान गरिएको छ । पोलोमा विशेषताहरुको रुपमा चाइल्ड सेफ्टी लक, किलेश इन्ट्री, एयरब्याग्स, एबीएस, ईबीडी, यूएसबी सपोर्ट, ब्लुटुथ सपोर्ट, एयर कण्डिस्नर, हिटर, स्टेयरिङ्ग एडजस्टमेन्ट लगायत रहेका छन् ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us