Banking News

test

महालक्ष्मी विकास बैंक र सेन्ट्रल डायगनोस्टिक ल्याब्रोटरी बीच सम्झौता

काठमाडौँ – महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि विश्वमा महामारीको रुपमा फैलिएको Covid – 19 को सङ्क्रमण परिक्षण (PCR test) का साथै अन्य गुणस्तरीय स्वास्थ्य सेवामा छुट प्रदान गर्ने उद्देश्यले सेन्ट्रल डायगनोस्टिक ल्याब्रोटरीसँग २०७७ साल भाद« २१ गते एक सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृतउमेश प्रसाद गुप्ताले हस्ताक्षर गर्नु भएको हो ।

उक्त सम्झौता अनुसार बैंकको डेबिट कार्ड तथा मोवाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु, कर्मचारी लगायत कर्मचारीका परिवारले सेन्ट्रल डायगनोस्टिक ल्याब्रोटरीमा उपचार गराउँदा विभिन्न सेवा शुल्कमा छुट पाउनेछन् । सम्झौता अनुसार बैंकका डेबिट कार्ड तथा मोवाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु, कर्मचारी साथै कर्मचारीका परिवारले जनरल प्याथोलोजी टेष्टमा अधिकतम २५५, र Covid – 19 को सङ्क्रमण परिक्षण (PCR test)मा अधिकतम १५% आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।देशका १०२ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. ले आगामी दिनहरुमा उक्त कम्पनीसँग समन्वय गरी विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us