Banking News

test

३.२५ % ले बढ्यो एनआईसी एशियाको नाफा

एनआईसी एशिया बैंकको नाफा ३.२५ प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक वर्षमा तीन अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा भने बैंकले तीन अर्ब २ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।

तर कोभिड(१९ ले कर्जा बिग्रँदा बैंकको वितरणयोग्य मुनाफा भने एक अर्ब ४४ करोड रुपैयाँमात्रै छ । यस आधारमा शेयर धनीले गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशतमात्रै लाभांस पाउन सक्ने छन्।

अधिकांश बैंकको खुद व्याज आम्दानी घटेर नाफामा असर परेको थियो। तर एनआईसी एशियाको भने ९.२६ प्रतिशतले बढेको छ। खुद व्याज आम्दानी ७ अर्ब ६० करोड रुपैयाँ छ। अघिल्लो वर्ष ६ अर्ब ९६ करोड रुपैयाँ थियो।

बैंकले गत आथिक वर्षमा दुई खर्ब एक अर्ब निक्षेप संकलन गरि एक खर्ब ६० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकले १७ प्रतिशतले निक्षेप बढाएको छ भने १२ प्रतिशतले कर्जा विस्तार गरेको छ।

खराब कर्जा ०.२९ प्रतिशतले बढेर ०.७५ प्रतिशत छ। बैंकले आफ्नो कष्ट अफ फण्ड १.४१ प्रतिशतले घटाएर ५.५६ प्रतिशत बनाएको छ। आधार व्याजदर पनि घटेर ७.७ प्रतिशतमा झारेको छ। साथै प्रतिशेयर आम्दानी भने २ रुपैयाँले घटेर ३२ रुपैयाँमा झरेको छ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us