Banking News

test

३४ प्रतिशतले बढ्यो सेञ्चुरी बैंकको नाफा

सेञ्चुरी बैंकको गत आवको चौथो त्रैमासमा नाफा ३३ दशमलव ९९ प्रतिशत वृद्धि भएको छ । शुक्रवार प्रकाशित वित्तीय विवरण अनुसार अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले रू. ६७ करोड ६४ लाख नाफा कमाएकोमा गत आवको सोही अवधिमा वृद्धि भएर रू. ९० करोड ६३ लाख पुगेको हो ।

गत आवको चौथो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चाल नाफामा वृद्धि भएपछि नाफा बढेको हो । सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १० प्रतिशत र सञ्चालन नाफा १९ दशमलव ७७ प्रतिशत वृद्धि भएको छ ।

अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले २ अर्ब ५९ करोड खुद ब्याज आम्दानी गरेकोमा गत आवको सोही अवधिमा बढेर रू. २ अर्ब ८६ करोड पुगेको हो । त्यसैगरी नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको हो ।

अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू.८ दशमव ०४ रहेकोमा गत आवको सोही अवधिमा वृद्धि भएर रू. १०.७७ पुगेको छ । गत आवको चौथो त्रैमासमा कम्पनीले वितरणयोग्य नाफा रू. ४० करोड छुट्याएको छ ।

सो अवधिमा कम्पनीले रू. ६५ अर्ब ३४ करोड निक्षेप संकलन गरेको छ भने रू. ५८ अर्ब ४ करोड कर्जा लगानी गरेको छ । चुक्तापूँजी रू.८ अर्ब ४१ करोड रहेको कम्पनीले जगेडा कोषमा रू. १ अर्ब ५३ करोड , शेयरधनी कोषमा रू. ६८ करोड २१ लाख र शेयर प्रिमियममा रू. ३ करोड ४३ लाख सञ्चित गरेको छ ।

अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत अवाको सोही अवधिमा भने निष्क्रिय कर्जा वृद्धि भएको छ । अघिल्लो आवको चौथो त्रैमासमा निस्क्रिय कर्जा १ दशमलव ४० प्रतिशत रहेकोमा गत आवको सोही अवधिमा वृद्धि भएर २.२१ प्रतिशत पुगेको छ ।

कम्पनीको मूल्य आम्दानी अनुपात १५ दशमलव ३२ गुणा, तरलता अनुपात २७.९६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १२६.७६ रहेको छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us