Economy News

test

प्रत्यक्ष वैदेशिक लगानी बढेर १९ अर्ब ४८ करोड

काठमाडौं गत आर्थिक वर्षमा १९ अर्ब ४८ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) नेपाल भित्रिएको सो लगानी अघिल्लो आवकोभन्दा करिब ५० प्रतिशतले बढी हो अघिल्लो आर्थिक वर्षमा कुल १३ अर्ब करोड रुपैयाँ विदेशी लगानी नेपाल भित्रिएको थियो

आर्थिक वर्ष २०७४/७५ को तुलनामा आव २०७५/७६ मा सबै महिना विदेशी लगानी घटेको थियो उक्त आर्थिक वर्षको पुस जेठमा ऋणात्मक नै देखिएको थियो तर, गत आर्थिक वर्षको सुरुदेखि नै विदेशी लगानीमा सुधार आएको हो सो आवको सबै महिनामा लगानी उल्लेख्य रूपमा बढेको पछिल्ला वर्षमा लगानीको वातावरणमा केही सुधार आएकोले लगानी बढेको राष्ट्र बैंकले बताएको

गत पुसबाटै विश्वका केही मुलुकमा कोरोनाको संक्रमण देखिएपनि नेपालमा भने चैत्रमा मात्र यसको थोरै प्रभाव देखिएको थियो चैतयता असारसम्म ठूलो परिमाणमा विदेशी लगानी नआए पनि अघिल्लो वर्षभन्दा केही बढेको राष्ट्र बैंकको तथ्यांक गत आर्थिक वर्षमा केही जलविद्युत् आयोजनामा ठूलो परिमाणमा एफडीआई आएकाले कुल विदेशी लगानीको वृद्धिदर राम्रो देखिएको हो साना लगानीमा विदेशी लगानी नआएपनि ठूला आयोजनामा लगानी बढेकोले प्रत्यक्ष वैदेशिक लगानी नघटेको हो पछिल्ला वर्षमा लगानीको वातावरणमा केही सुधार आएकोले लगानी बढेको राष्ट्र बैंकको भनाइ

 

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष नेपाल भित्रिएको विदेशी लगानीको ९० प्रतिशतभन्दा बढी हिस्सा चारवटा जलविद्युत् आयोजनामा रहेकोे अरुण जलविद्युत्मा अर्ब १५ करोड, लाङटाङ भोटेकोसी हाइड्रोपावरमा अर्ब ६० करोड, वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा अर्ब सोलु हाइड्रोपावर कम्पनीमा अर्ब ४२ करोड विदेशी लगानी भित्रिएको हो


अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा लगानीको वातावरणमा सुधार भएको, सोसम्बन्धी केही कानुन बनेका, कम्पनी तथा उद्योग दर्ताको लागि एकद्वार प्रणाली लागू भएका साथै लगानी सम्मेलन समेत गरिएकाले विदेशी लगानी बढेको हो

 

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना (कोभिड१९) ले नेपाल आउने विदेशी लगानी प्रभावित हुने प्रक्षेपण भएको थियो यद्यपि यसअघि नै अर्थात फागुनसम्म १५ अर्ब ६१ करोड १६ लाख रुपैयाँ एफडीआई भित्रिएको थियो गत फागुनबाट रेमिट्यान्स विदेशी लगानीको आप्रवाह राम्रो भए पनि अब घट्ने प्रक्षेपण गरिएको थियो तर, आर्थिक वर्षको अन्त्यमा पनि अपेक्षित रूपमा विदेशी लगानी घटेन
 

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us