Banking News

test

ग्रीन डेभलपमेण्ट बैंक आठौं वर्षमा

काठमाडौं पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंकले स्थापनाको सातौं वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदान कार्यक्रममा १३ पिन्ट रगत संकलन भएको बताइएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्यले कोरोना भाइरसको जोखिम र यसले निम्त्याएको विषम परिस्थितिमा भइरहेको रगतको अभावलाई कम गर्न बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको बताए ।
बैंकले विभिन्न किसिमका आधुनिक बैंकिङ्ग सुविधा प्रदान गर्नुका साथै स्थानीयस्तरमा छरिएर रहेको पुँजीलाई एकीकृत गरी स्थानीयस्तरमै सञ्चालित उद्यमशिलता सम्बन्धित तथा अन्य उत्पादनशिल क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कर्जा उपलब्ध गराउँदै आएको उनले बताए । सोही अवसरमा बैंकले बागलुङस्थित हनुमान नाच संरक्षण परिषद् (राम मन्दीर)को संरक्षरण तथा प्रवद्र्धनका लागि आर्थिक सहयोग समेत प्रदान गरेको छ । कार्यक्रममा बैंकका सञ्चालक कृष्णशंकर श्रेष्ठले चेक हस्तान्तरण गरे ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us