साधना लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत
काठमाडौं – साधना लघुवित्त वित्तीय संस्थाको साधारण सेयर आईपीओ आज ९साउन २१ गते०नेप्सेमा सूचीकृत भएको छ । संस्थाको २१ लाख ७७ हजार ८ सय कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
यससँगै बिहीबार भोलि साउन २२ गते देखि संस्थाको एसडीएलबीएसएल सिम्बोलबाट दोश्रो बजारमा सेयर कारोबार हुने छ । दोश्रो बजारमा पहिलो कारोबारको लागि नेप्सेले संस्थाको प्रतिकित्ता न्युनतम एक सय ३० रुपैयाँ र अधिकतम ३ सय ९० रुपैयाँ तोकेको छ ।
